Posts

Showing posts from February, 2022

Say NO to Divorce, Try This to Have a Wonderful Relationship -By Shreedhar Acharya

Say NO to Divorce, Try This to Have a Wonderful Relationship -By Shreedhar Acharya : …

Teenagers, Don't Lose It, It's Your Time! - ShiningPens

Teenagers, Don't Lose It, It's Your Time! - ShiningPens : Once upon a time, we were a child jumping with joy everywhere without any care and fear. The world all-around seemed only beautiful, wonderful

Suicide: Don't Kill Your Dear Life -By Shreedhar Acharya

Suicide: Don't Kill Your Dear Life -By Shreedhar Acharya : Suicide has been becoming global havoc in the last few decades, especially during the pandemic, the rate has accelerated.

ब्याजदर वृद्धि घोषणासँगै नेप्सेमा १०० अंकको गिरावट

Image
आईतबार  १०१.२४ अंकले घटेर नेप्से  ३.६१ % गिरावटको साथ २७००.३२  पुगेको छ। कारोबार भएका २२७ कम्पनीमध्ये  १९०  कम्पनी ओरालो लागेका छन् र १ मात्र  कम्पनी स्थिर रहेको छ। कारोबार भएका तेह्र उप-समुहमध्ये सबै उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् । बजार पूँजीकरण घटेर रु ३८ खर्ब १७ अर्ब बराबर पुगेको छ। प्रमुख कारोबार                                       Top Gainer प्राविधिक विश्लेषण NEPSE Update: February 13, 2022 प्राविधिक विश्लेषण सूचक १. बोलिन्जर ब्याण्ड बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाँउछ (आज को फरकः २५१.५५) जसले बजारमा भोलाटाइलिटी आज बढेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२७००.३२) भन्दा तल क्लोज भएको छ र प्यानिक सेलिङ भएको देखिन्छ। २.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स   मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडी लाइन र सिग्नल लाईन जिरो लाइन माथि रहेको छ । हिस्टोग्राम -२४.०४ अकंमा रहेको...

नेप्सेमा भारी अंकको गिरावट के खरिद अवसर हो ?

Image
२९८१ देखि  ओरालो लागिरहेको नेप्से गत साता २८०१ मा बन्द भएको थियो । नेप्से बारम्बार ओरालो लाग्दै पुनः उकालो लाग्ने गर्दथ्यो जसले गर्दा २८००  बिन्दुको टेवा लिएर बजार फर्कन्छ कि भन्ने सम्भावना थियो ।  तर आज साताको पहिलो दिन भने भारी अंकको गिरावट आएको छ।  राष्ट्र बैंकको ब्याजदर वृद्धि घोषणाको प्रभावले बजारलाइ पुरै राताम्मे बनाएको छ।  प्राविधिक विश्लेषण र फ़िबोनाकी रेसियोअनुसार २७०० को बिन्दु राम्रो सपोर्टको रुपमा देखाएको हुँदा आजको भारी अंकको गिरावटले २७०० को बिन्दु एउटा राम्रो खरिद अवसर हुन सक्ने सम्भावना रहन्छ।

रूस-युक्रेन तनाव बढ्दै जाँदा क्रिप्टोकरेन्सीमा गिरावट

Image
रुस र युक्रेनबाट उत्पन्न हुने भूराजनीतिक जोखिमप्रति ट्रेडरहरूले प्रतिक्रिया जनाएपछि अधिकांश क्रिप्टोकरन्सी शुक्रबार घट्यो। शुक्रबार अमेरिकी राष्ट्रपति बाईडेनले अमेरिकीहरूलाई युक्रेनबाट तुरुन्तै बाहिर निस्कन आग्रह गर्दै "कुनै पनि समय आक्रमण सुरु हुनसक्छ" भन्ने चेतावनी दिएका छन्। अहिलेको लागि अमेरिकाले रुसको सैन्य गतिविधिको बाबजुद युक्रेनमा सेना पठाउन अस्वीकार गरेको छ। यसैबिच, बिटकोइन ५% जति खस्कियो र इथरियममा ४% गिरावट आयो। सुन र अमेरिकी डलर जस्ता परम्परागत सुरक्षित आश्रयस्थानहरू बढ्दा स्टकहरू पनि कम कारोबार भए। बजार अन्ततः न्यूयोर्कको कारोबार दिन पछि स्थिर भयो। प्राविधिक सूचकहरू बिटकोइनका लागि $३५०००-$४०००० मा सपोर्ट र $४६००० मा अवरोध देखाउँछन्। क्रिप्टो रिसर्च फर्म डेल्फी डिजिटलका विश्लेषक जेसन पागौलाटोसका अनुसार विगत १० दिनमा धेरैजसो कारोबार $४१०००-$४१५०० को बीच  भयो। उनले थपे "यदि त्यो स्तर हराएको छ भने सम्भवतः पछाडि छोडिएको भोल्युम ग्याप तर्फ जानेछ, जुन $३८५०० सँग मेल खान्छ।"

नेप्से इन्ट्राडे अपडेट

Image
बजार खुलेको २ घण्टामा ३ अर्ब ३० करोडको  कारोबार हुँदा नेप्सेमा ९७ अंकको गिरावट आएको छ । अप्पर तामाकोशीमा लगानीकर्ताको चाप उच्च भई तुलनात्मकरुपमा  बढी कारोबार देखिएको छ । अरु सबैजसो कम्पनीहरुमा नेगेटिभ कारोबार देखिएको छ ।

नेप्से प्रि-ओपन सेसन अपडेट

Image
  बैंकको ब्याजदर वृद्धिको प्रभावले प्रि-ओपन सेसनमा  १७ अंकले नेप्से  बजार ओरालियो। आजको प्रि-ओपन सेसनमा करिब डेढ करोडको कारोबार हुँदा २० हजार ८१३ कित्ता खरिद बिक्रि भएको छ ।

नेपाल टेलिकमको नाफा ४ अर्ब नजिक, प्रति शेयर आम्दानी ५१.९ पुग्यो

Image
चालु आर्थिक वर्षको  पुष मसान्तसम्ममा नेपाल टेलिकमले ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैँया नाफा कमाएको छ | कम्पनिको यो नाफा गत वर्षको तुलनामा १८.५ प्रतिशतले बढी हो। ६ महिनाको अवधिमा कम्पनिको बिक्रि आम्दानि पनि ८.३ प्रतिशतले वृद्धि भई १९ अर्ब २० करोड  रुपैँया  पुगेको छ।  कम्पनिको प्रतिशेयर आम्दानि पनि ८  रुपैँया ले वृद्धि हुँदा रु. ५१.९ पुगेको छ र प्रति शेयर नेटवर्थ रु. ६२३ भएको छ। 

फागुनदेखि बैंकको ब्याजदर बढ्ने, स्वेच्छिक रुपमा घटबढ गर्न पाइने

Image
  फागुनदेखि बैंकको ब्याजदर बढ्ने भएको छ । नेपाल बैंकर्स संघको कार्यसमितिको शुक्रबारको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन भित्र रहेर फागुनदेखि लागू हुनेगरि सबै प्रकारको निक्षेप खाताको ब्याजदर बढाउन पाउने निर्णय गरेको हो । बैठकले गरेको निर्णय अनुसार बैंकहरुले मुद्दतीमा अधिकतम ११.०३ र संस्थागतमा अधिकतम १०.०३ प्रतिशत ब्याज लिन पाउनेछन् । त्यस्तै बचत खाातामा न्युनतम ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशतसम्म ब्याजको दर तोक्न पाउनेछन् । तर बैंकहरुले तोकिएको सिमाभित्र रहेर ब्याजको दर आफुअनुकुल कायम गर्न कुनै रोक हुनेछैन । त्यस्तै बैंकहरुले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने छन् । माघमा व्यक्तिगत तर्फ १०.०३ प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर थियो । बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बैंकहरुलाई ब्याजदर तोक्न स्वतन्त्र छोडेको बताए । उनका अनुसार बैंकहरुले स्वेच्छिक रुपमा ब्याजदर तोक्न पाउनेछन् । उनले भने ‘घटाउनेले घटाउन पाए र बढाउनेले बढाउन पाउने भए ।’ वाणिज्य बैंकहरुले ब्याजदर बढाउदा पनि निक्षेप नबढेको भन्दै गत महिना ब्याजदर स्थिर राखेका थिए । तर प्रणालीमा लगातार तरलता ...

एक हप्तामा १५०० ले बढ्यो सुनको मूल्य

Image
यस हप्ता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रह्यो। आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला १५०० ले बढेको छ। यस्तै चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ। आइतबार सुनचाँदीको मूल्य स्थिर साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भयो भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो । चाँदीको मूल्य पनि आइतबार स्थिर रहेको थियो । शुक्रबार चाँँदीको मूल्य १ हजार २५० रुपैयाँ कायम भएको थियो भने आइतबार पनि त्यही मूल्य कायम भएको हो। सोमबार सुनको मूल्य एक सयले बढ्यो साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले बढेको छ। शुक्रबार ...

अवैधानिक आर्थिक क्रियाकलापमा संलग्न हुँदा मुलुकको आर्थिक व्यवस्थामा समस्या : राष्ट्र बैंक

Image
नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी रहेकाले क्रिप्टोकरेन्सी र नेटवर्किङसम्बन्धी कारोबारमा सचेत रहन सबैलाई आग्रह गरेको छ। पछिल्ला दिनहरुमा नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पाइएपछि केन्द्रीय बैंकले एक सार्वजनिक सन्देशमार्फत त्यस्ता कारोबार र गतिविधि देशको अर्थतन्त्रका लागि मात्र नभई लगानी गर्नेका लागि पनि जोखिम रहेको जनाएको छ। यसको प्रकृति नै गैरनियमन भएकाले धेरै सचेत रहन नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ। क्रिप्टोकरेन्सीको कारोबारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानीसम्बन्धी उच्च जोखिम हुने देखिन्छ भन्दै केन्द्रीय बैंकले त्यस्तो कारोबारबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानीसम्बन्धी जोखिमबारे एफएटीएफले जुन २०१४ मा नै प्रतिवेदन प्रकाशन गरेको स्मरण गराएको छ। क्रिप्टोकरेन्सीको प्रयोगबाट अवैधानिक क्रियाकलाप, विशेषगरि ठगी तथा कर छलीलगायतका कार्य हुन सक्ने उल्लेख गर्दै केन्द्रीय बैंकले एउटा निजी फर्मको अनुसन्धानले सन् २०२० मा आपराधिक बिटक्वाइन ठेगानाबाट मात्र अमेरिकी डलर तीन अर्ब ५० करोड पठाएको पाइएकाले नेटवर्किङ मार्केटिङको व्यव...

ताप्लेजुङमा सुन्तला उत्पादन वृद्धि

Image
ताप्लेजुङमा यसवर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । पछिल्लो केही वर्षयता उत्पादनमा ह्रास आइरहेको बेला यसवर्ष भने सुन्तला उत्पादन केही वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका अनुसार यो वर्ष गत वर्षभन्दा एक मेट्रिक टन बढी सुन्तला उत्पादन भएको छ । गतवर्ष तीनसय ४०.५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसवर्ष गएको वर्षभन्दा एक मेट्रिक टन अर्थात तीनसय ४१.५ मेट्रिक टन सुन्तला उत्पादन भएको सम्पर्क कार्यालयका प्राविधिक सहायक केदार धितालले जानकारी दिए । प्राविधिक सहायक धितालका अनुसार जिल्लामा कुल ५४ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट उक्त परिमाणमा सुन्तला उत्पादन भएको हो । जिल्लामा किसानले सुन्तला खेती भने गर्न छोड्दै गएका छन् । आजभन्दा आठ÷नौ वर्ष अघिसम्म एकहजार ७०० हेक्टर क्षेत्रफलसम्म जिल्लामा किसानले सुन्तला खेती गर्ने गरेका थिए । तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार विगत आर्थिक वर्ष २०७०/७१ मा एक हजार ६८२ हेक्टर क्षेत्रफलमा किसानले सुन्तला खेती गरेका थिए । उक्त क्षेत्रफल बराबरको खेतीबाट छ हजार ९३८ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क रहेको छ । विग...

Death: An Inevitable Truth to Be Prepared, Not to Fear -By Shreedhar Acharya

Death: An Inevitable Truth to Be Prepared, Not to Fear -By Shreedhar Acharya : …

छ महिनामा कोभिड १९ नियन्त्रण गर्न ९ अर्ब ६९ करोड खर्च

Image
चालू आ व २०७८/७९ को पहिलो छ महिनामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा झण्डै १० अर्व खर्च भएको छ । अर्थमन्त्रालयले विहीबार  सार्वजनिक गरेको आ व २०७८/७९  अर्धवार्षिक मूल्याङ्कन प्रितवेदनमा अनुसार पहिलो छ महिनामा कोरोना नियन्त्रण,रोकथाम तथा उपचारमा नौ अर्व ६९ करोड २४ लाख  रूपियाँ खर्च भएको छ । जसमध्ये सबैभन्दा बढी संघीय सरकारले सात अर्व ७४ करोड ५३ लाख खर्च गरेको छ । सात वटै प्रदेशबाट एक अर्ब ८८ करोड पाँच लाख खर्च भएको छ भने स्थानीय तहबाट भने छ कराेड ६६ लाख खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । अघिल्लो आव २०७७/७८ मा कोरोना रोकथाम,नियन्त्रण तथा उपचारका लागि संघ,प्रदेश र स्थानीय तहबाट १३ अर्व ३१ करोड ४३ लाख खर्च भएको अर्थ मन्त्रालयको जनाएको छ ।

दक्षिण कोरियाद्वारा श्रमिक लैजान रोकावट

Image
दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण बढ्न थालेसँगै श्रमिक लैजान रोक लगाएको छ । नेपालबाट रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत आउँदो सोमबार (फागुन २ गते)का लागि तय भएको नियमित उडान तालिका पनि स्थगित गरिएको जनाइएको छ । दक्षिण कोरियास्थित नेपाली दूतावासले दक्षिण कोरियाको श्रम तथा रोजगार तथा मानव संसाधन मन्त्रालयलाई उद्धृत गर्दै तत्कालका लागि कोरिया आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको जानकारी गराएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान ईपीएस पास गरी लामो पर्खाइपछि फागुन २ गते (१४ फेब्रुअरी)मा उडान तय भई रोकिएका श्रमिकको अर्को उडान तालिका कोरियामा कोरोना केही मत्थर हुनेबित्तिकै पहल गरिने जानकारी दिए । मन्त्री श्रेष्ठले सङ्क्रमण दर कम हुनासाथ रोकिएका श्रमिकलाई तत्काल पठाउने व्यवस्था हुने विश्वास दिलाउँदै केही समय धैर्य गर्न आग्रहसमेत गरे । साथै श्रेष्ठले दक्षिण कोरियामा कोरोना भाइरसले पुनः महामारीका रूप लिएकाले त्यहाँ रहेका नेपालीलाई पनि सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे ।

ग्रिन लाइनका सञ्चालकद्वारा पत्रकार सम्मेलन, ऋण तिर्दै व्यवसाय पुन सञ्चालन गर्ने प्रतिवद्धता

Image
काठमाडौँको दरबारमार्गमा सञ्चालित मदिरा पसल ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवालले ऋण तिर्दै व्यवसाय सञ्चालन गर्ने बताए । पुस २२ गतेदेखि सम्पर्कविहीन रहेका अमित अग्रवाल काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् । १८–२० करोड बजारबाट उठाउनुपर्ने रकम पनि रहेको उनले पत्रकारसम्मेलनमा  बताए । अग्रवाल परिवारले  आफूसँग रहेको सम्पत्ति बेचेर तिर्ने अग्रवालले बताए । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाबाट आधा र त्यसभन्दा धेरै साथीभाईबाट लिएको ऋण रहेको उनले जानकारी दिए । उनले भने,‘मिडियामा आए जस्तो केही रहेको छैन । गैर कानुनी काम गरेकाे छैन भने किन डराउने आउनुस् हामी सहयोग गर्छौ सबै साथीभाई, प्रहरी, प्रशासनले भनेपछि आफू नेपाल फर्किएको उनले बताए । सम्झौता गरेर साथीभाईबाट लिएको ऋण नउठेपछि टर्चर भएको र पैसा छिटो मागेपछि आत्तिएर आफू भारत गएको उनले सम्मेलनमा बताए । उनले भने,‘१०–१२ दिन अघि नै नेपाल फर्किने भने पनि विभिन्न कारणले समय लम्बियो ।’ पैसाको कारोबारका कारण अग्रवाल परिवार काठमाडौं छोड्नु परेको थियो । अहिले आफू काठमाडौंमा रहेको र परिवार एक हप्ताभित्र नेपाल आइपुग्न...

नेपालमै इलेक्ट्रिक गाडीका लागि पूर्वाधार निर्माण शुरु, एक वर्षभित्र उत्पादन थालिने

Image
नेपालमा पहिलो पटक विद्युतीय सवारीसाधन निर्माणका लागि प्लान्ट निर्माणको काम अघि बढेको छ । रुपन्देहीमा सुन्दर यातायात प्रालिले गाडी निर्माणमा एसेम्बल प्लान्ट सञ्चालन गर्ने गरी भौतिक संरचना निर्माण शुरु गरेको छ । यो नेपालकै पहिलो विद्युतीय सवारीसाधन निर्माण कम्पनी बन्ने भएको छ । तीन महिनामा एउटा ठूला बस निर्माण गर्ने लक्ष्यसहित काम अघि बढाएको सुन्दर यातायात प्रालिका इन्जिनियर शैलेन्द्र रजालीले बताए । कम्पनीले ठूला बस र कार निर्माण गर्ने उनले जानकारी दिए । भौतिक संरचना निर्माणको क्रममा रहे पनि इन्जिनियरिङ काम भने पूर्ण तयारी अवस्थामा रहेको उनले बताए । प्रालिले २०७६ मङ्सिरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरी काम शुरु गर्ने भनिए पनि कोरोना महामारीका कारण काम अघि बढाउन ढिलाइ भएको कम्पनीले जनाएको छ । आयातित इन्धनको मूल्य आकाशिएसँगै विकल्पमा विद्युतीय सवारीसाधन मुख्य बनेपछि कम्पनीले चीनको सिचुवान गुहाङ अटोमोवाइल्स र बीएके कम्पनीसँग सहकार्य गरी नेपालमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने गरी काम अघि बढाएको हो । हाल नेपालमा सुन्दर यातायात, साझा यातायातले सार्वजनिक बस सञ्चालन शुरु गर...

आइएमई मोटर्सले ल्यायो ‘गुरुजीबाट साहुजी’ बनाउने उत्कृष्ट योजना

Image
नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ। गुरुजी (सवारी चालक) हरुलाई साहुजी (सवारीधनी) बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको हो। यस योजनाअन्तर्गत अशोक लेलैण्डका जुनसुकै लाइट कमर्सियल भेहिकल (दोस्त) सिरिजका सवारीसाधन बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा खरिद गर्न सकिनेछ। यी सवारीसाधन खरिद गर्ने ग्राहकले तीन महिनासम्म मासिक किस्ता (इएमआई) तिर्नु नपर्ने सुविधा र आकर्षक ब्याजदरको लाभ लिन पाउने छन्।  यो योजना आफ्नो साबिक काम छोडी आफ्नै व्यवसाय सुरु गर्ने चाहना बोकेका महत्वाकांक्षी चालकहरुप्रति समर्पित छ। ‘त्यसैले हामीले यसलाई ‘गुरुजीबाट साहुजी’ योजना भनेका छौँ’, कम्पनीको विज्ञप्तिमा भनिएको छ। यो योजनाले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै स्वरोजगारमूलक काम गर्न चाहनेलाई पनि राम्रो अवसर प्रदान गर्नेछ।  त्यसैगरी, रोजगारी गुमाएर आफ्नै व्यवसाय सुरु गर्न खोजिरहेका र व्यवसाय विस्तार गर्ने योजनामा रहेका उद्यमीले पनि यो योजनाबाट लाभ लिन सक्छन्। नेपालमा अशोक लेलैण्डका सवारी साधनका लागि बलियो ग्र...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन्स डेमा १५ प्रतिशत क्यासब्याक

Image
ग्लोबल आइएमई बैंक लिमिटेडले भ्यालेन्टाइन्स डेका विशेष अवसरमा बैंकका ग्राहकलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ।  बैंकका ग्राहकले भ्यालेन्टाइन्स डेका अवसर पारेर आफ्ना प्रियपात्रहरुसँग माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फागुन १ तथा २ गते सरसामान खरिद गर्दा ‘मेरी उनीलाई’ लेखी क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु. २०० सम्म क्यासब्याक पाउने छन्। आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ।  ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, ...

जग्गा खरिद र प्लटिङमा बैंकहरुको लगानी बढ्दो, ६ महिनामा साढे ३५ अर्ब लगानी

Image
बैंकहरुले जग्गा खरिद र प्लटिङमा ३५ अर्बभन्दा बढी कर्जा लगानी गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार रियल स्टेटमा गएको कुल कर्जामा पुस अन्तिमसम्ममा बैंकहरुले जग्गा खरिद र प्लटिङको लागि मात्रै ३५ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । पछिल्लो ६ महिनामा यस्तो कर्जा ३९.१९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्तिम अर्थात् असार मशान्तसम्ममा बैंकहरुले जग्गा खरिद तथा प्लटिङको लागि २५ अर्ब ४६ करोड रुपैयाँ कर्जा दिएका थिए तर पुस अन्तिमसम्म आइपुग्दा त्यो बढेर ३५ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । पछिल्लो समय तरलता अभावको कारण घरजग्गाको कारोबार केहि सुस्ताएको छ । मालपोत कार्यलयहरुमा घरजग्गा कारोबार निकै कम भएको देखिन्छ । तर पनि राष्ट्र बैंकको पुससम्मको तथ्यांक हेर्दा बैंकहरुको कर्जा लगानी बढेको देखिन्छ । पछिल्लो समय केन्द्रीय बैंकले पनि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन अनुत्पादन क्षेत्रमा हुने लगानीलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । तर घरजग्गामा भने यस्तो कर्जा निरन्तर बढ्दो छ । चालु आर्थिक वर्षको सुरुवातदेखि नै बैंकहरुको कर्जा लगानी उच्च रुपले बढेको छ भने निक्षेप संकलन भने खासै ब...

मलेसियाबाट विद्युतीय राहदानी वितरण सुरू

Image
  मलेसियामा रहेको नेपाली दूतावासबाट विद्युतीय राहदानी प्रदान गर्न थालिएको छ । सो नेपाली दूतावासले बुधबारदेखि त्यहाँ कार्यरत नेपाललाई विद्युतीय राहदानी प्रदान गर्न थालेको हो । राहदानी विभागका अनुसार मलेसियामा रहेको दूतावासले बुधबार राहदानी नवीकरण गर्न दूतावास आइपुग्नुभएका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी विद्युतीय राहदानी जारी सुरुवात गरेको जनाइएको हो । दूतावासबाट लाइभ इनरोलमेन्ट गरिएको राहदानी विभागबाट प्रिन्टसमेत गरेर सफलताका साथ परीक्षण गरिएको छ । दूतावासले पहिलो दिनमा नै ३३ जनाको राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट गरेको जनाएको छ । दूतावासका अनुसार सुरुको एक हप्ता सीमित व्यक्तिलाई मात्र अनलाइन बुकिङको आधारमा सेवा दिने र त्यसपछि नियमित रूपमा विद्युतीय राहदानी जारी गर्नेछ । विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट कार्यक्रममा भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्याल पनि सहभागी भएका थिए । दूतावासका अनुसार मलेसियामा साढे दुई लाख श्रमिक हाल कार्यरत रहेका छन् । यसअघि आइतबार कतारमा रहेको नेपाली दूतावासले विद्युतीय राहदानी प्रदान गरेको थियो । त्यस्...

प्राविधिक कारणले ढिलाइ, जाने तयारीमा रहेका छिट्टै उड्न पाउने

Image
इजरायल जानका लागि तयार भएका नेपाली श्रमिकको उडान आन्तरिक व्यवस्थापनका कारण ढिलाइ भएको छ । वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारका अनुसार इजरायल उड्न तयार भएका श्रमिकहरु आन्तरिक व्यवस्थापका कारण केही दिन ढिला भएको छ । तर, छनौटमा परेका श्रमिक जान भने पाउने उनको भनाइ छ । इजरायलको दुतावासले केही कारण देखाएर अहिलेलाई रोकेको तर छनौट भएका सबै जान पाउने उनको भनाइ छ । चार चरणको उडानमार्फत २९७ जना इजरायल गइसकेका छन् । अव पाँचौ चरणमा इजरायल जाँदै छन् । अवको लटमा १६०जना लान सकिने उनी बताउँछन् । तर, यसमा अधिकतम माग र म्यानपावर कम्पनी सँगको समन्वयको आधारमा पनि निर्भर रहेने उनी बताउँछन् ।‘अवको लटमा कति श्रमिक जान्छन् भन्ने कुरा भिसा,पीसीआर रिपोर्ट,टिकटमा पनि निर्भर रहन्छ । तर हाम्रो चाहाना उताबाट आएको मागको आधारमा नै अधिकतम लैजाउँ भन्ने छ,’ उनले भने । अघिल्लो लटमा १५० जना उडाउनको लागि तयारी गरेकोमा ३० जनाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएकाले १२० मात्र इजरायल उडेको निर्देशक सुनुवार बताउँछन् । यसकारण पनि धेरैलाई उडाउन चाहेपनि पीसीआर रिपोर्ट पोजेटिभ आउँदा समस्या भएको उनी बताउँछन् । अघिल...

चीनमै रोकियो एक लाख मेट्रिक टनभन्दा बढी मल

Image
चीनले नेपाललाई पठाउनुपर्ने एक लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल समयमा आएको छैन । खरिद गरिएको उक्त मल तोकिएको समयमा नआउँदा कृषि सामग्री कम्पनी भने अप्ठ्यारोमा परेको छ । कम्पनीका कार्यवाहक प्रमुख राजेन्द्रबहादुर कार्कीले चीनबाट आउनुपर्ने रासायनिक मल समयमा आइदिएको भए मलको हाहाकार नहुने बताए । पटक–पटकको प्रयासका बाबजुद पनि पाँच/छ महिनादेखि चीनबाट एक लाख १३ हजार ५३५ मेट्रिक टन मल आउन सकेको छैन । प्रमुख कार्कीले आफूहरूले पहल गरे पनि चीनकै कारण सो मल रोकिएको बताउनुभयो । चीनले पुरानो उत्पादन नदिने, नयाँमात्र दिने नीति लिएका कारण नेपाललाई दिने भनिएको मल रोकिएको उनले बताए । उहाँले भन्नुभयो, “हामीलाई दिने मल पुरानो उत्पादन थियो, पछि नयाँ दिने भनेर रोक्यो अहिले नयाँ आइसके पनि मल पठाइरहेको छैन । ” कोरोना तथा मूल्यवृद्धिको पनि बहाना बनाइरहेको उनले बताए । प्रमुख कार्कीले ९८० मेट्रिक टन युरिया, ८० मेट्रिक टन डीएपीमात्र मौज्दात रहेको जानकारी दिए । अहिले तत्कालै कहीँबाट आउने उपाय नभएको पनि उनले बताए । “यस्तै अवस्था रह्यो भने धानखेतीको समयमा फेरि मलको हाहाकार हुने निश्चित छ । कलकत्ता बन्दरगाहबाट २० हजा...

क्यासिनोको रु. ३८ करोड नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द

Image
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनवापतको रु. ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द गराएको छ । मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई उक्त होटलले रु. ३८ करोड १० लाख ४५ हजार ६६४ रोयल्टी तिर्नुपर्ने देखिएको छ । सरकारलाई तिर्नुपर्ने रोयल्टी बुझाउन पटक–पटक पत्राचार गरे पनि उक्त होटलले नतिरेका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा उक्त होटल तथा क्यासिनो बन्द गराइएको हो । विसं २०६७ भदौ २० गते मिनी क्यासिनो ९आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेलको अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो । आर्थिक वर्ष २०७६-७७ सम्मको बक्यौता, आर्थिक वर्ष २०७७-७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आर्थिक वर्षको रोयल्टी गरी रु. ३८ करोड १० लाख ४५ हजार ६६४ नबुझाएपछि होटल बन्द गर्नाका साथै मिनी क्यासिनोको लाइसेन्स नै रद्द गरिएको मन्त्री आलेले जानकारी दिनुभयो । ड्रिमल्याण्ड होटल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको पर्यटन विभ...

प्रभु क्यापिटलले ग्लोबल मार्केट प्रतिवेदन प्रकाशन गर्ने

Image
नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटलले नेप्सेमिटर अन्तर्गत साप्ताहिक तथा मासिक प्रतिवेदन प्रकाशित गरि नेपाली पूँजी बजारमा भइरहेको कारोबारदेखि विभिन्न घटनाहरुको बारेमा लगानीकर्ताहरुलाई सुसूचित गर्दै आएको छ। यस क्रममा अंग्रेजी नयाँ वर्ष २०२२ को फेब्रुवरी १० बाट लगानीकर्ताहरुलाई अन्तर्राष्ट्रिय बजारमा भएका विभिन्न आर्थिक घटना तथा क्रियाकलापहरुलाई समेटर मासिकरुपमा ग्लोबल रिर्पोट प्रकाशित गर्न थालनी गरेको छ। क्यापिटलले जनवरी महिनाको मासिक ग्लोबल मार्केट प्रतिवेदन आज पहिलो संस्करण प्रकाशित गरेको छ । प्रकाशित मासिक ग्लोबल रिपोर्टलाई लगानीकर्ता तथा पाठकहरुले प्रभु क्यापिटलको वेबसाइटमा रहेको Knowledge Center (https://www.prabhucapital.com/knowledge-center ) का साथै क्यापिटलले सञ्चालन गरेका सोशल मिडिया प्लेटफर्महरु (भाइबर, फेसबुक, लिंकडिन, ट्विटर) बाट सजिलै पढ्न सकिनेछ। मासिक ग्लोबल प्रतिवेदनमा क्यापिटलले विभिन्न आर्थिक क्षेत्रहरु जस्तैः ग्लोबल मार्केट परिसुचक, कमोडिटी बजार, बैदेशिक मुद्रा विनिमय बजार तथा क्रिप्टो बजार) लाई समेटेर रिपोर्ट प्रकाशित गर्नेछ। यो रिपोर्ट अंग्रेजी महिनाको पहिल...

दोल्ती पावरको आइपिओ आउँदै

Image
दोल्ती पावर कम्पनीको सेयर जारी गर्ने भएको छ । दोल्ती पावर कम्पनीले स्थानीयबासी तथा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरुसहित) साधारण शेयर निष्काशन गर्नको लागि एन आई सी एशिया क्यापिटल र दोल्ती पावर कम्पनीबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको जनाएको छ ।

कस्तो रह्यो गत साताको नेप्से ?

Image
  शुक्रबार। गत साता ३.४८%ले बढेको नेप्से यो साता चाँही -२.६१%ले घटेको छ।यस साताको पहिलो कारोबार दिन आइतबार २८७७.०४ को बिन्दुमा खुलेको नेप्से, साताको अन्तिम कारोबार दिन बिहिबार सम्म -७५.१८  अंकले घटेर  २८०१.१८ को बिन्दुमा बन्द भएको छ। यस साता कारोबार भएका १३ उप-समुहहरु मधे एउटा समूह (अन्य क्षेत्र)मात्र उकालो लागेको छ: इन्डेक्स ओपनिङ क्लोजिङ परिबर्तन   बैंकिङ क्षेत्र १८३४.९२ १७८२.६० -२.८५% विकास बैंक क्षेत्र ५०७७.१४ ४८८४.७४ -३.९६% फाइनान्स क्षेत्र २५०९.५४ २४१०.०६ -३.९६% होटेल क्षेत्र ३१६८.५५ ३१४७.१६ -०.६८% जलविद्युत क्षेत्र ३५२९.९० ३३८०.४० -४.१०% लगानी क्षेत्र ९७.२३ ९५.५३ -१.३५% जीवन बीमा क्षेत्र १६१६२.९८ १५४७४.४१ -४.७५% उत्पादन क्षेत्र ७३०२.२६ ७२८१.३४ -०.२९% लघुबित्त क्षेत्र ५५४३.५५ ५५३४.२१ -३.७७% ...