प्रभु क्यापिटलले ग्लोबल मार्केट प्रतिवेदन प्रकाशन गर्ने
नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटलले नेप्सेमिटर अन्तर्गत साप्ताहिक तथा मासिक प्रतिवेदन प्रकाशित गरि नेपाली पूँजी बजारमा भइरहेको कारोबारदेखि विभिन्न घटनाहरुको बारेमा लगानीकर्ताहरुलाई सुसूचित गर्दै आएको छ।
यस क्रममा अंग्रेजी नयाँ वर्ष २०२२ को फेब्रुवरी १० बाट लगानीकर्ताहरुलाई अन्तर्राष्ट्रिय बजारमा भएका विभिन्न आर्थिक घटना तथा क्रियाकलापहरुलाई समेटर मासिकरुपमा ग्लोबल रिर्पोट प्रकाशित गर्न थालनी गरेको छ।
क्यापिटलले जनवरी महिनाको मासिक ग्लोबल मार्केट प्रतिवेदन आज पहिलो संस्करण प्रकाशित गरेको छ । प्रकाशित मासिक ग्लोबल रिपोर्टलाई लगानीकर्ता तथा पाठकहरुले प्रभु क्यापिटलको वेबसाइटमा रहेको Knowledge Center (https://www.prabhucapital.com/knowledge-center) का साथै क्यापिटलले सञ्चालन गरेका सोशल मिडिया प्लेटफर्महरु (भाइबर, फेसबुक, लिंकडिन, ट्विटर) बाट सजिलै पढ्न सकिनेछ।
मासिक ग्लोबल प्रतिवेदनमा क्यापिटलले विभिन्न आर्थिक क्षेत्रहरु जस्तैः ग्लोबल मार्केट परिसुचक, कमोडिटी बजार, बैदेशिक मुद्रा विनिमय बजार तथा क्रिप्टो बजार) लाई समेटेर रिपोर्ट प्रकाशित गर्नेछ। यो रिपोर्ट अंग्रेजी महिनाको पहिलो सप्ताहमा प्रकाशित गरिने बताइएको छ।
Comments
Post a Comment