उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित
उत्तर कोरियाली साइबर हमलाहरूले देशको क्षेप्यास्त्र कार्यक्रमको लागि करोडौं डलरको क्रिप्टोकरेन्सी चोरी गरेको कुरा संयुक्त राष्ट्र संघको एक मिडियाले खुलासा गरेको छ।
सन् २०२० र २०२१ को बीचमा साइबर आक्रमणकारीहरूले $५० मिलियन भन्दा बढी डिजिटल सम्पत्ति चोरेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्।
“त्यस्ता आक्रमणहरू प्योङयाङको आणविक र ब्यालिस्टिक मिसाइल कार्यक्रमको लागि महत्वपूर्ण राजस्व स्रोत हुन्,” उनीहरूले भने।
उक्त निष्कर्ष शुक्रबार संयुक्त राष्ट्र संघको प्रतिबन्ध समितिलाई बुझाइएको बताइएको छ।
Comments
Post a Comment