प्राविधिक कारणले ढिलाइ, जाने तयारीमा रहेका छिट्टै उड्न पाउने


इजरायल जानका लागि तयार भएका नेपाली श्रमिकको उडान आन्तरिक व्यवस्थापनका कारण ढिलाइ भएको छ । वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारका अनुसार इजरायल उड्न तयार भएका श्रमिकहरु आन्तरिक व्यवस्थापका कारण केही दिन ढिला भएको छ । तर, छनौटमा परेका श्रमिक जान भने पाउने उनको भनाइ छ । इजरायलको दुतावासले केही कारण देखाएर अहिलेलाई रोकेको तर छनौट भएका सबै जान पाउने उनको भनाइ छ । चार चरणको उडानमार्फत २९७ जना इजरायल गइसकेका छन् । अव पाँचौ चरणमा इजरायल जाँदै छन् ।

अवको लटमा १६०जना लान सकिने उनी बताउँछन् । तर, यसमा अधिकतम माग र म्यानपावर कम्पनी सँगको समन्वयको आधारमा पनि निर्भर रहेने उनी बताउँछन् ।‘अवको लटमा कति श्रमिक जान्छन् भन्ने कुरा भिसा,पीसीआर रिपोर्ट,टिकटमा पनि निर्भर रहन्छ । तर हाम्रो चाहाना उताबाट आएको मागको आधारमा नै अधिकतम लैजाउँ भन्ने छ,’ उनले भने ।

अघिल्लो लटमा १५० जना उडाउनको लागि तयारी गरेकोमा ३० जनाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएकाले १२० मात्र इजरायल उडेको निर्देशक सुनुवार बताउँछन् । यसकारण पनि धेरैलाई उडाउन चाहेपनि पीसीआर रिपोर्ट पोजेटिभ आउँदा समस्या भएको उनी बताउँछन् । अघिल्लो चरणमा पनि श्रमिकको कोरोना रिपोर्ट पोजेटिभ आएका कारण कम श्रमिक उडाउनुपरेको उनी बताउँछन् ।

केही दिन ढिला हुदैँमा श्रमिकहरु जान पाइदैन कि भनेर अतालिएको उनी बताउँछन् ।‘केही कारणबस ढिला भएका कारण श्रमिकहरु पकृ्रया नै अन्त्य भएको हो कि भन्ने कारणले चिन्तामा रहेका छन् । विभागमा पनि बारम्बार फोनहरु आइरहन्छ । हामी डिप्रेसनमा जान लाग्यौँ भन्ने खालका गुनासाहरु गरिरहनुहुन्छ,' सुनुवार भन्छन्, ‘उहाँहरु जानका लागि पाउनुहुन्छ नै तर आन्तरिक समस्याले गर्दा समस्या भन्दा उहाँहरुलाई मानसिक तनाव भएको पाइयो । तर हामी उहाँहरुलाई सम्झाइबुझाइ गर्छौ ।’

९ सय ९९ जना युवाले इजरायलका विभिन्न रोजगारदातासँग रोजगार सम्झौता गरिसकेको विभागले जनाएको छ । बाँकी युवाको रोजगार सम्झौता क्रमशः गर्ने निर्देशक सुनारले बताए ।

११७५ जना श्रमिक इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका छन् । जसमध्ये ८२१ महिला र ३५४ जना पुरुष कामदार रहेका छन् ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित