ब्याजदर वृद्धि घोषणासँगै नेप्सेमा १०० अंकको गिरावट


आईतबार  १०१.२४ अंकले घटेर नेप्से  ३.६१ % गिरावटको साथ २७००.३२  पुगेको छ। कारोबार भएका २२७ कम्पनीमध्ये  १९०  कम्पनी ओरालो लागेका छन् र १ मात्र  कम्पनी स्थिर रहेको छ।




कारोबार भएका तेह्र उप-समुहमध्ये सबै उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् ।



बजार पूँजीकरण घटेर रु ३८ खर्ब १७ अर्ब बराबर पुगेको छ।

प्रमुख कारोबार
                               Top Gainer


प्राविधिक विश्लेषण


NEPSE Update: February 13, 2022

प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड

बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाँउछ (आज को फरकः २५१.५५) जसले बजारमा भोलाटाइलिटी आज बढेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२७००.३२) भन्दा तल क्लोज भएको छ र प्यानिक सेलिङ भएको देखिन्छ।

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
 

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडी लाइन र सिग्नल लाईन जिरो लाइन माथि रहेको छ । हिस्टोग्राम -२४.०४ अकंमा रहेको छ । एमएसिडी लाईन (३१.७३) अंक बाट घटेर (१८.५८) अंकमा आएको छ। सिग्नल लाईन घटेको देखिएको छ । 

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले -१४ डिएमआई लाइन बढेको देखिएको छ। +१४ डिएमआई लाइन साथसाथै एडिएक्स लाईन घटेको देखिएको छ। जसले बजारमा सेलिङ् मोमेन्टम बढेको जनाउँछ।

४. क्यान्डलस्टिक: नेप्सेले आज बियरिश माराबोजु क्याण्डलस्टिक बनाएको छ जसले बियरिश मार्केटको सङ्केत गर्दछ।

५. क्युमुलेटिभ एडी लाइन: 

NEPSE Update: February 13, 2022



क्युमुलेटिभ एडी लाइन  -२२१९  देखि घटेर -२४०९  मा आएको छ। नेप्सेको कुल भोल्युम १,०५,५९,१०४  रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (१०२४६४३०)  को १०३  प्रतिशत देखिएको छ।

नेप्से आज लोवर  ब्याण्ड भन्दा तल क्लोज भएको छ जसले बजारमा सेलिङ बढेको देखिन्छ। एमएसिडी लाइन जिरो लाइन माथि रहेको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा माथी रहेको छ भने हिस्ट्रोग्राम -२४.०४  मा रहेको छ । एमएसिडी लाइनले सिग्नल लाईन  तलतिर रहेको देख्न सकिन्छ र सेलिङ बढेको देखिन्छ ।

-१४ डिएमआई लाइन बढेको छ भने +१४ डिएमआई लाईन र एडिएक्स लाइन दुवै घटेको  छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज ५०.०४  बाट घटेर ४०.२५  मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि घटेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २६६० देखि २६८०  को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २७६०  को एरिया रहेको देखिन्छ ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित