नेप्सेमा भारी अंकको गिरावट के खरिद अवसर हो ?
२९८१ देखि ओरालो लागिरहेको नेप्से गत साता २८०१ मा बन्द भएको थियो । नेप्से बारम्बार ओरालो लाग्दै पुनः उकालो लाग्ने गर्दथ्यो जसले गर्दा २८०० बिन्दुको टेवा लिएर बजार फर्कन्छ कि भन्ने सम्भावना थियो । तर आज साताको पहिलो दिन भने भारी अंकको गिरावट आएको छ। राष्ट्र बैंकको ब्याजदर वृद्धि घोषणाको प्रभावले बजारलाइ पुरै राताम्मे बनाएको छ। प्राविधिक विश्लेषण र फ़िबोनाकी रेसियोअनुसार २७०० को बिन्दु राम्रो सपोर्टको रुपमा देखाएको हुँदा आजको भारी अंकको गिरावटले २७०० को बिन्दु एउटा राम्रो खरिद अवसर हुन सक्ने सम्भावना रहन्छ।
Comments
Post a Comment