ग्रिन लाइनका सञ्चालकद्वारा पत्रकार सम्मेलन, ऋण तिर्दै व्यवसाय पुन सञ्चालन गर्ने प्रतिवद्धता




काठमाडौँको दरबारमार्गमा सञ्चालित मदिरा पसल ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवालले ऋण तिर्दै व्यवसाय सञ्चालन गर्ने बताए ।

पुस २२ गतेदेखि सम्पर्कविहीन रहेका अमित अग्रवाल काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् । १८–२० करोड बजारबाट उठाउनुपर्ने रकम पनि रहेको उनले पत्रकारसम्मेलनमा  बताए । अग्रवाल परिवारले  आफूसँग रहेको सम्पत्ति बेचेर तिर्ने अग्रवालले बताए । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाबाट आधा र त्यसभन्दा धेरै साथीभाईबाट लिएको ऋण रहेको उनले जानकारी दिए ।

उनले भने,‘मिडियामा आए जस्तो केही रहेको छैन । गैर कानुनी काम गरेकाे छैन भने किन डराउने आउनुस् हामी सहयोग गर्छौ सबै साथीभाई, प्रहरी, प्रशासनले भनेपछि आफू नेपाल फर्किएको उनले बताए ।

सम्झौता गरेर साथीभाईबाट लिएको ऋण नउठेपछि टर्चर भएको र पैसा छिटो मागेपछि आत्तिएर आफू भारत गएको उनले सम्मेलनमा बताए । उनले भने,‘१०–१२ दिन अघि नै नेपाल फर्किने भने पनि विभिन्न कारणले समय लम्बियो ।’ पैसाको कारोबारका कारण अग्रवाल परिवार काठमाडौं छोड्नु परेको थियो ।

अहिले आफू काठमाडौंमा रहेको र परिवार एक हप्ताभित्र नेपाल आइपुग्ने उनले जानकारी दिए । गत पुस २२ गतेदेखि अग्रवाल परिवार सम्पर्कविहीन भएकाले खोजी गरिदिन भन्दै महानगरीय प्रहरी वृत्त मालीगाउँमा निवेदन परेको थियो ।

अग्रवाल परिवारले झन्डै तीन दशकयता काठमाडौँको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ‘ग्रीनलाइन’ सञ्चालन गर्दै आएको छ । उनका अनुसार आफूले बैंकहरुको सम्पर्कमा आएको र बैंकले पनि राम्रो सहयोग गर्ने कुरा रहेको छ ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित