नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा “एनआइबिएल गज्जब ६ मुद्दती खाता” सञ्चालनमा
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा “एनआइबिएल गज्जब ६ मुद्दती खाता” सञ्चालनमा ल्याएको छ। भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्ययभार, औषधोपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगीसिद्ध हुनेमा बैंक विश्वस्त छ।
यस मुद्दती खाताका विशेषताहरु निम्नानुसार रहेका छन्ः
– निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने ।
– यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने ।
– न्यूनतम रु. १०,०००/– (अक्षेरुपी रु. दश हजार)मा मुद्दती खाता खोल्न सकिने ।
– निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने ।
– सावाँ तथा पाकेको ब्याजको ९०% सम्म कर्जा प्राप्त गर्न सकिने ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सातै प्रदेशमा छरिएका ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखारहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन–युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक ‘२०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ।
यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।
Comments
Post a Comment