जोन्सन एन्ड जोन्सनलाई टाल्क बेबी पाउडर बिक्रीमा प्रतिबन्ध लगाउन दबाब



स्वास्थ्य सेवा कम्पनी जोन्सन एन्ड जोन्सनले क्यान्सरसँग जोडिएको चिन्ताको बीचमा बेलायत लगायत विश्वभर टाल्क बेबी पाउडरको बिक्री रोक्नको लागि सरोकारवालाहरूको दबाबको सामना गरिरहेको छ।

जोन्सन एन्ड जोन्सनले सन् २०२० मा अमेरिका र क्यानडामा आफ्नो टाल्क बेबी पाउडर बिक्री रद्द गरेको थियो। अमेरिकी नियामकहरूले नमूनामा क्यान्सरजन्य क्राइसोटाइल फाइबर एक प्रकारको एस्बेस्टोस पत्ता लगाएपछि बेबी पाउडरको बिक्री घटेको थियो।

कम्पनीले अब ३४००० भन्दा बढी मुद्दाहरू सामना गरिरहेको छ जसमा धेरै महिलाहरूको आरोप समावेश छन् जसले दाबी गर्छन् कि उनीहरूले बेबी पाउडर प्रयोग गरे पछि पाठेघरको क्यान्सर देखा पर्यो।

टाल्क विश्वको सबैभन्दा नरम खनिज हो जो धेरै देशहरूमा उत्खनन गरिन्छ । यसको प्रयोग कागज, प्लास्टिक र औषधि जस्ता विविध उद्योगहरूमा गरिन्छ। 

जोन्सन एन्ड जोन्सनले यो बेबी पाउडर हानिकारक छ भन्ने कुरालाई दृढतापूर्वक अस्वीकार गरेको छ। र गलत प्रचारका कारण बिक्रीमा गिरावट आएको जनएको छ। एक प्रवक्ताले २०२० को होर्ट अध्ययनलाई औंल्याउँदै ट्याल्कको प्रयोगले स्वास्थमा क्यान्सरको जोखिम नरहेको बताए।

एक प्रवक्ताले भनेका छन् कि जोन्सन एन्ड जोन्सन कमपनिले आफ्ना उत्पादनहरूमा प्रयोग गर्ने सामग्रीहरूको सम्पूर्ण रूपमा परीक्षण गरी सुरक्षित प्रयोगको सुनिश्चिता गर्ने गरेको छ। उक्त बेबी पाउडरमा प्रयोग हुने ट्याल्कमा एस्बेस्टोस नरहेको एस्बेस्टोस-मुक्त भएको स्वतन्त्र विभिन्न प्रयोगशालाहरू, विश्वविद्यालयहरू र विश्वव्यापी स्वास्थ्य अधिकारीहरूको परीक्षणले पनि प्रमाणित गरेको बताउँछन्।

कानूनी दावीहरूको कुनै मान्य वैज्ञानिक आधार नरहेको हुँदा प्रवक्ताहरूले पाउडरको बिक्री रोक्ने प्रस्तावलाई बहिष्कार गर्न आग्रह गरेका छन्।

जोन्सन एन्ड जोन्सनले पहिले नै यो केस सेटलमेन्टमा अर्बौं खर्च गरिसकेको छ जसमा डिम्बाशयको क्यान्सरबाट पीडित २२ वादीहरूको पक्षमा मिसौरी अपील अदालतले $ २ बिलियन गरेको फैसला पनि समावेश छ। अक्टोबरमा जोन्सन एन्ड जोन्सनले ट्याल्क उत्पादनहरूका लागि सम्भावित दायित्वहरूलाई छुट्टै कम्पनीमा सार्यो। त्यसपछि आफ्नो वित्तीय जोखिमलाई सीमित गर्न सक्ने अत्याधिक विवादास्पद चाल चलाखीपूर्ण चाल्यो ।




Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित