ग्रीन भेन्चर्सले फागुन २ गतेदेखि आइपिओ निष्काशन गर्ने
ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनिले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आइपिओ निष्काशन गर्न लागेको हो । जस अनुसार आयोजना प्रभावित क्षेत्रमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं . १,२ ३, लिखु गाउँपालिका-९, लिखु तामाकोशी गाउँपालिका-२, १ रामेछाप अन्तर्गत लिखु तामाकोशी गाउँपालिका-२, रामेछाप र उमाकुण्ड गाउँपालिका-७ र रामेछाप जिल्लाका बासिन्दाहरु रहनेछन् । निष्काशन बन्द हुने मिति (छिटोमा) २०७८ फागुन १६ गते रहेको छ ।
कम्पनीले प्रति कित्ता रु १०० रुपैयाँको दरले ३१,२५०,००० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । शेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।
Comments
Post a Comment