साताको अन्तिम दिन पनि नेप्सेमा दोहोरो अंकको गिरावट
बिहीबार ११.९६ अंकले घटेर नेप्से ०.४३ % गिरावटको साथ २८०१.५६ पुगेको छ। कारोबार भएका २२७ कम्पनीमध्ये ३९ कम्पनी उकालो लागेका छ्न्, १४४ कम्पनी ओरालो लागेका छन् र ८ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका तेह्र उप-समुहमध्ये ३ उप-समुहको सेयर मूल्य उकालो लागेका छन् र १० उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् ।
प्राविधिक विश्लेषण
NEPSE Update: February 10, 2022
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड:
हिजोको दिन भन्दा बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः २०७.२१) जसले बजारमा भोलाटाइलिटी आज बढेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२७६०.११) भन्दा मुनि क्लोज भएको छ। नेप्सेले लोवर ब्याण्डको सपोर्ट एरियालाई गरेर मिडल ब्याण्ड (२७६०.११) भन्दा मुनि क्लोज भएको छ। नेप्सेले मिडल ब्याण्ड मुनि होल्ड गरेको देखिन्छ जसले बजारले कुनै निश्चित दिशा निर्धारण गर्न नसकेको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स:
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन सिग्नल लाइनभन्दा मुनी रहेको देखिन्छ। हिस्टोग्राम -१६.९१ अकं घटेको छ। एमएसिडी लाइन गत दिन (३७.७४ ) अंक बाट घटेर ३१.७३ मा आएको छ। सिग्नल लाईन पनि घटेको देखिएको छ। एमएसिडी लाईन र सिग्नल लाईन डाईभर्जनमा गएको देखिएको छ र सेल सिग्नल देखाएको छ।
३. डाइरेक्सनल मुभमेन्ट:
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने हिजो भन्दा आज +१४ डिएमआई लाइनको साथै एडिएक्स लाइन घटेको देखिएको छ भने -१४ डिएमआई लाइन बढेको देखिएको छ जसले बजारमा सेलिंग मोमेन्टम बढेको देखिन्छ |
४. क्यान्डलस्टिक: नेप्सेले आज डोजी क्याण्डलस्टिक बनाएको छ जसले अनिश्चितताको सङ्केत गर्दछ।
NEPSE Update: February 10, 2022
क्युमुलेटिभ एडी लाइन हिजो -२११४ देखि घटेर -२२१९ मा आएको छ। नेप्सेको कुल भोल्युम ६,०८१,७७७ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (१०,३९२,१३६.५२) को ५९ प्रतिशत देखिएको छ।
नेप्से आज मिडल र लोवर ब्याण्ड बीच होल्ड भएको छ जसले बजारले दिशा निर्घारण गर्न नसकेको देखिन्छ। एमएसिडी लाइन जिरो लाइन माथि रहेको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा माथी रहेको छ भने हिस्ट्रोग्राम -१६.९२ मा रहेको छ । एमएसिडी लाइनले सिग्नल लाईन तलतिर रहेको देख्न सकिन्छ र सेलिङ बढेको देखिन्छ ।
-१४ डिएमआई लाइन बढेको छ भने +१४ डिएमआई लाईन र एडिएक्स लाइन दुवै घटेको छ। जसले बजारमा सेलिङ मोमेन्टम बढेको इङ्गित गर्छ। आरएसआइ आज ५१.४२ बाट घटेर ५०.०४ मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि घटेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट लोवर ब्याण्ड २७६० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको अवरोध २९२५ को एरिया र २९६७ (अपर ब्याण्ड) रहेको देखिन्छ । यदि बजार केहि दिन अझै करेक्सन आए लोवर ब्याण्डको एरियामा सपोर्ट लिन सक्ने देखिन्छ।
Comments
Post a Comment