८ वर्षीया बालकद्वारा हस्तलिखित उपन्यास लोकप्रियताको आकाश छुँदै



संयुक्त राज्य अमेरिकाको बोइसका एक आठ वर्षीय बालकको पुस्तकले प्रमुख लेखकहरूसँग प्रतिस्पर्धा गर्दैछ। ती असिम प्रतिभा भएका बालक डिलन हेल्बिगले गत वर्षको क्रिसमसमा एउटा पुस्तक तयार गरेका थिए। 

हेल्बिगले आफ्नो क्रिसमस ब्रेकमा बालबालिकाका लागि पुस्तक लेखे जुन उनले सबैले पढून् भन्ने चाहन्थे। यी आठ वर्षका बच्चाले ८१ पृष्ठको किताब पूरा गर्न लगभग चार दिन लगाएका थिए।  रिपोर्टहरू अनुसार हेल्बिगको हस्तलिखित कथाले समृद्ध रूपमा वर्णन गर्दछ कि कसरी उनले क्रिसमस रूखको माथिको चम्किलो तारा विस्फोट भएपछि समयको यात्रा गरे। हेल्बिगले आफ्नो पुस्तकलाइ ‘द एडभेन्चर अफ डिलनस् क्रिमिस’  शिर्षक दिएका छन्।

हेल्बिग आफ्नो हजुरआमासँग बोइसको एडा सामुदायिक पुस्तकालयमा गएको बेला कसैले यसलाई पढेर उनको प्रयासको कदर गर्लान भन्ने आशामा चुपचाप पुस्तकलाई त्यहाँ शेल्फमा लुकाए ।

अचम्मको कुरा अर्को महिनामा यो पुस्तक पुस्तकालयको सबैभन्दा लोकप्रिय पुस्तक मध्ये एकमा परिणत भयो। पुस्तकले अन्य बालबालिकालाई पनि आफ्नै कथाहरू सिर्जना गर्न र लेख्न प्रेरित गरेको छ।

पुस्तकालय शाखाले उनको सृजनाको प्रसंशा गर्दै आफ्नो फेसबुक पेजमा हेल्बिगको पुस्तकले २०२१ को सर्वश्रेष्ठ युवा उपन्यासकारका लागि हूडिनी अवार्ड जितेको समेत उल्लेख गरेको छ। 

पुस्तकालय शाखा प्रबन्धक एलेक्स हार्टम्यानको न्यु योर्क टाइम्समा दिएको बयानअनुसार पुस्तकले जनवरी सुरु हुनु अघिनै पाठकहरूको ध्यानाकर्षण गरि सकेको थियो। महिनाको अन्त्यसम्ममा ५६ जना किताबको प्रतीक्षा सूचीमा थिए । पुस्तकालयले संरक्षकहरूलाई एक महिनासम्म पुस्तक राख्न अनुमति दिएको छ।

प्रतिवेदनका अनुसार प्रतिक्षा सूचीमा रहेका प्रत्येक व्यक्तिले हेल्बिगको पुस्तक पढ्नको लागि एक महिना राखेमा सूचीको अन्तिम व्यक्तिले चार वर्षभन्दा बढी कुर्नुपर्नेछ ।

आठ वर्षको यो लेखलाई केन्द्रीय गुप्तचर निकायका पूर्व अधिकारी र लेखक क्रिस्टोफर बर्गेसले प्रशंसा गरेका छन्। उनले आठ वर्षीय पुस्तकलाई ग्राफिक उपन्यास खण्डमा समावेश गरेकोमा पुस्तकालयको पनि प्रशंसा गरेका छन्।



Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित