लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको २०७८ माघ २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको ९.५२३ प्रतिशत बोनस शेयर र ०.४७६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश वीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण हुनेछ ।
Comments
Post a Comment