बुटवल पावर कम्पनीको नाफा वृद्धि
बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०७८–७९ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्म आइपुग्दा संस्थाको नाफा ३१ प्रतिशतले बढेको छ । यस त्रैमासमा कम्पनीले १८ करोड १४ लाख ६५ हजार खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १३ करोड ८३ लाख ९८ हजार रुपैयाँ कमाएको थियो ।
यस अवधिमा विद्युत विक्रीबाट कम्पनीले ४२ करोड ३१ लाख २२ हजार रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३९ करोड ३ लाख २० हजार रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब २४ करोड ६३ लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी रु ५.५९ र नेटवर्थ रु २१२.४३ रहेको छ ।
Comments
Post a Comment