एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’: ग्राहकहरूलाई पाँच वर्षसम्म ८४ लाखसम्मको बीमा
देशको दूरदराजमा रहेका लाखौँ ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले २०७८ कात्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरु भएका ‘सर्वश्रेष्ठ बचत खाता’ योजना ल्याएको थियो।
यो योजनामा ग्राहकले अत्यन्त उत्साहजनक सहभागिता जनाई सफल बनाइदिएकोमा बैंकले समस्त ग्राहक, कर्मचारीलगायत सबै सरोकारवालाप्रति अत्यन्त अनुग्रहीत रहँदै सबैमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।
आम जनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरुलाई सोहीअनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरुले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले यसअघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरुमा पाइने फाइदाहरुलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिका लागि प्रदान गर्दै बचत खातामै रु. ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाइदा प्रदान गर्ने व्यवस्था गरेको छ।
Comments
Post a Comment