रावा इनर्जी डेभलपमेन्टको सेयर निष्काशनका लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्त


रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी सम्झौतामा रावा इनर्जीका अध्यक्ष बद्रीप्रसाद गौतम तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले खोटाङको केपिलासगढी गाउँपालिकामा अवस्थित रावाखोलामा माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना निर्माण गरेको छ । तीन मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हाल शतप्रतिशत निर्माणकार्य सम्पन्न गरिसकेको छ ।

कम्पनीले हाल कायम जारी पुँजी २० करोड रुपैयाँमध्ये स्थानीयका लागि १० प्रतिशतबापत दुई करोड रकमबराबरको दुई लाख कित्ता र सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि एक करोड ९९ लाख रुपैयाँबराबरको एक लाख ९९ हजार कित्ता गरी कुल तीन लाख ९९ हजार कित्ता बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित