रिडी हाइड्रोपावर कम्पनीको प्रति शेयर आम्दानी १६०.४८ रुपैयाँ
रिडी हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७८–७९ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्म आइपुग्दा संस्थाको नाफा २३२४.३५ प्रतिशतले बढेको छ । यस त्रैमासमा कम्पनीले ४६ करोड ९८ लाख ६५ हजार खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ९३ लाख ८१ हजार रुपैयाँ कमाएको थियो ।
यस अवधिमा विद्युत विक्रीबाट कम्पनीले ७ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड ६६ लाख ७१ हजार रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी ५८ करोड ५५ लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी रु १६०.४८ र नेटवर्थ रु १८०.२९ रहेको छ ।
Comments
Post a Comment