सुर्या लाइफ इन्स्योरेन्सको नाफामा गिरावट



सुर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा इन्स्योरेन्सले १५ करोड ६६ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको तुलनामा खुद नाफा २२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधीमा २० करोड १२ लाख ७१ हजार रुपैयाँ कमाएको थियो ।

यस अवधिमा कम्पनीले २ अर्ब ४४ करोड ७७ लाख खुद बीमाशुल्क संकलन गरेको छ। गत आर्थिक बर्षको सोही अवधिमा २ अर्ब २८ करोड ८४ लाख खुद वीमाशुल्क संकलन गरेको थियो।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ५५ करोड रहेको छ भने जगेडा कोषमा ६८ करोड ९० लाख रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी रु १२.२९ रहेको छ भने नेटवर्थ रु १२३.५३ रहेको छ ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित