विजय लघुवित्तको नाफामा सामान्य गिरावट
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्म आइपुग्दा संस्थाको नाफा ६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा संस्थाले ६ करोड ८४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ७ करोड २९ लाख १३ हजार खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी १९ करोड १५ लाख ३४ हजार रूपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी १५ करोड ५४ लाख ३५ हजार रूपैयाँ रहेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी ३२ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १९ करोड २४ लाख २४ हजार रहेको छ गत आर्थिक वर्ष संस्था सँग १२ करोड ८५ लाख २३ हजार रुपैयाँ रहेको थियो । संस्थाको प्रतिशेयर आम्दानी ४२.७५ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६०.१३ रहेको छ ।
Comments
Post a Comment