नेप्सेमा २२ अङ्कको गिरावटसँगै न्यून कारोबार



बुधबार २२.११ अंकले घटेर नेप्से  ०.७८% गिरावटको साथ  २८१३.४७ पुगेको छ। कारोबार भएका २२३ कम्पनीमध्ये  २० कम्पनी उकालो लागेका छ्न्‌, १६५ कम्पनी ओरालो लागेका छन् र  ६ कम्पनी स्थिर रहेका छन्।



कारोबार भएका तेह्र उप-समुहमध्ये सबै उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् ।


बजार पूँजीकरण घटेर रु ३९ खर्ब ७६ अर्ब बराबर पुगेको छ।



प्रमुख कारोबार



प्राविधिक विश्लेषण


NEPSE Update: February 9, 2022


प्राविधिक विश्लेषण सुचक 

१. बोलिन्जर ब्याण्ड

बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाँउछ (आज को फरकः २०६.७७) जसले बजारमा भोलाटाइलिटी आज घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२८६३.८८) र लोवर ब्याण्ड (२७६०.४९) बीच क्लोज भएको छ।

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स



मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडी लाइन र सिग्नल लाईन जिरो लाइन माथि रहेको छ । हिस्टोग्राम -१५.१३ अकंमा रहेको छ । एमएसिडी लाईन (४३.६६) अंक बाट घटेर (३७.७५) अंकमा आएको छ। सिग्नल लाईन घटेको देखिएको छ । एमएसिडी लाइन र सिग्नल लाईन डाइभर्जनमा गएको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट


डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले -१४ डिएमआई बढेको छ। एडिएक्स लाईन र +१४ डिएमआई लाइन घटेको देखिएको छ। जसले बजारमा सेलिङ मोमेन्टम बढेको जनाउँछ।



४. क्यान्डलस्टिक: नेप्सेले आज बियरिस माराबोजु क्याण्डलस्टिक बनाएको छ जसले बियरिसको सङ्केत गर्दछ।


५. क्युमुलेटिभ एडी लाइन: 



NEPSE Update: February 9, 2022

क्युमुलेटिभ एडी लाइन हिजो -१९६९ देखि घटेर -२११४ मा आएको छ। नेप्सेको कुल भोल्युम ५,६६३,३३४ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (१०,६०६,४०३.९०) को ५३ प्रतिशत देखिएको छ।

नेप्से आज मिडल र लोवर ब्याण्ड बीच होल्ड भएको छ जसले बजारले दिशा निर्घारण गर्न नसकेको देखिन्छ। एमएसिडी लाइन जिरो लाइन माथि रहेको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा माथी रहेको छ भने हिस्ट्रोग्राम -१५.१३ मा रहेको छ । एमएसिडी लाइनले सिग्नल लाईन तलतिर रहेको देख्न सकिन्छ र सेलिङ बढेको देखिन्छ । 

-१४ डिएमआई लाइन बढेको छ भने +१४ डिएमआई लाईन र एडिएक्स लाइन दुवै घटेको  छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको इङ्गित गर्छ। आरएसआइ आज ५३.९७ बाट घटेर ५१.४२ मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि घटेको जनाउँछ। 

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट लोवर ब्याण्ड २७६० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २९२५ को एरिया र २९६७ (अपर ब्याण्ड) रहेको देखिन्छ । यदि बजार केहि दिन अझै करेक्सन आए लोवर ब्याण्डको एरियामा सपोर्ट लिन सक्ने देखिन्छ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित