कुमारी बैंकको १० लाख ७७ कित्ता संस्थापक सेयर लिलाम
कुमारी बैंकले १० लाख ७७ हजार २३९ कित्ता संस्थापक सेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको छ ।
मिलन इन्भेष्टमेन्ट कम्पनीको नाममा रहेको उक्त संस्थापक सेयर बैंकले बिक्री गर्ने भएको हो । यो सेयर खरीका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।
सूचनामा न्यूनतम मूल्य खुलाइएको छैन । यसकारण अंकित मूल्यबाटै प्रतिप्रस्धात्मक मूल्यमा आवेदन दिन सकिनेछ भने सबैभन्दा धेरै कबुल गर्नेले सेयर पाउनेछ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने हुन्छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा आवेदन गर्न सक्नेछन् ।
Comments
Post a Comment