नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकममा गिरावट कायमै



सोमबार १५.६९ अंकले बढेर नेप्से  ०.५५ % को वृद्धिकासाथ २८५१.८६ पुगेको छ। कारोबार भएका २२४  कम्पनी मध्ये १०५ कम्पनी उकालो लागेका छ्न्‌, ७०   कम्पनी ओरालो लागेका छन् र १५ कम्पनी स्थिर रहेका छन्।



कारोबार भएका तेह्र उप-समुहमध्ये १० उप-समुहको सेयर मूल्य उकालो लागेको छन् र ३ उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् ।

बजार पूँजीकरण बढेर रु ४० खर्ब ३० अर्ब बराबर पुगेको छ।


प्रमुख कारोबार


प्राविधिक विश्लेषण


NEPSE Update: February 7, 2022


प्राविधिक विश्लेषण सुचक

१. बोलिन्जर ब्याण्ड


 

बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाँउछ (आज को फरकः २१३.९) जसले बजारमा भोलाटाइलिटी आज घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२८५७.८२) भन्दा तल  क्लोज भएको छ जसले बजारले लोवर ब्याण्डलाइ टेस्ट गर्न सक्ने देखिन्छ।

 

 २.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

 ­­


 

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडी लाइन र सिग्नल लाईन जिरो लाइन माथि रहेको छ । हिस्टोग्राम  -११.७० अकंमा रहेको छ । एमएसिडी लाईन ५१.८९ अंक बाट घटेर ४८.१६ अंकमा आएको छ। सिग्नल लाईन घटेको देखिएको छ । एमएसिडी लाइन र सिग्नल लाईन दुवै तल तिर जान खोजेको देखिन्छ जसले बजारले केहि दिन करेक्सन वा साइडव्यज जान सक्ने देखिन्छ ।

 

 ३. डाइरेक्सनल मुभमेन्ट

 


 

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले+१४ डिएमआई लाइन घटेको देखिएको छ भने -१४ डिएमआई लाइन पनि थोरै अंकले घटेको देखिएको छ र साथसाथै एडिएक्स लाईन सानो अंकले घटेको देखिएको छ। जसले बजारमा केहि दिन करेक्सन आउन सक्ने देखिन्छ।


४. क्यान्डलस्टिक: 

नेप्सेमा आज  ग्रिनबडी क्याण्डलस्टिक बनाएको छ जसले अनिश्चितताको सङ्केत गर्दछ।


५. क्युमुलेटिभ एडी लाइन: 




NEPSE Update: February 7, 2022

क्युमुलेटिभ एडी लाइन हिजो -१९०४ देखि बढेर -१८६९ मा आएको छ। नेप्सेको कुल भोल्युम ८,५४८,६४७ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (११,०३८,७८६.४३) को ७७ प्रतिशत देखिएको छ।

नेप्से आज मिडल ब्याण्ड भन्दा तल क्लोज भएको छ । जसले बजारले मिडल ब्याण्डको सपोर्ट एरियालाइ ब्रेक गरेको देखिन्छ । एमएसिडी लाइन जिरो लाइन माथि रहेको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा माथीनै  रहेको छ । हिस्ट्रोग्राम -११.५८ मा रहेको छ । एमएसिडी लाइनले सिग्नल लाईनलाइ क्रश गरेर तलतिर गएको देखिन्छ । यदि एमएसिडी लाइनले सिग्नल लाईनलाइ क्रश गरेर माथि तिर जान्छ भने पोजेटिभ सिग्नल देखाउछ र त्यहि एरियामा कन्सोलिडेट गरेर बसेमा नेप्से पनि केहि दिन साइडव्यज वा तल जान सक्ने देखिन्छ। +१४ डिएमआई लाईन घटेको छ एडिएक्स लाइन र ‍-१४ डिएमआई लाइन पनी घटेको छ ।+१४ डिएमआई लाईन र एडिएक्स लाइन बढेर माथी तिर जान्छ भने बजारमा केहि पोजेटीभ मोमेन्टमा रहेको देखिन्छ । आरएसआइ आज ५४.४२ बाट बढेर ५५.८५ मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि बढेको जनाउँछ। नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २७६० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २८६२ (मिडल ब्याण्ड ) को एरिया र २९३० को एरिया  रहेको देखिन्छ ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित