स्वावलम्बन लघुवित्तको जगेडा कोषसहित नाफामा वृद्धि



स्वावलम्बन लघुवित्तको वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्म आइपुग्दा संस्थाको नाफा २७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा संस्थाले २३ करोड ५१ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १८ करोड ४५ लाख २६ हजार खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी ७६ करोड ६२ लाख ४७ हजार रूपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ६३ करोड ५० लाख ३० हजार रूपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १ अर्ब ८० करोड ३ लाख रहेको छ गत आर्थिक वर्ष संस्था सँग १ अर्ब ५३ करोड १८ लाख रुपैयाँ रहेको थियो । संस्थाको प्रतिशेयर आम्दानी ४१.९० रहेको छ भने प्रतिशेयर नेटवर्थ २६०.४४ रहेको छ ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित