नेप्सेमा आज पनि गिरावट, जीवन बीमाका लगानीकर्ताले गुमाए धेरै



आइतबार  ४०.५७ अंकले घटेर नेप्से  १.४१ % को गिरावटका साथ २८३६.१७  पुगेको छ। कारोबार भएका २२८  कम्पनी मध्ये १३ कम्पनी उकालो लागेका छ्न्‌, १७५  कम्पनी ओरालो लागेका छन् र ३ कम्पनी स्थिर रहेका छन्।


कारोबार भएका तेह्र उप-समुहमध्ये सबै १३ उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् ।


बजार पूँजीकरण घटेर रु ४० खर्ब ८ अर्ब बराबर पुगेको छ।

प्रमुख कारोबार


 

प्राविधिक विश्लेषण

NEPSE Daily Update: February 6, 2022


प्राविधिक विश्लेषण सुचक

१. बोलिन्जर ब्याण्ड


 

बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाँउछ (आज को फरकः २३५.१६) जसले बजारमा भोलाटाइलिटी आज घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२८५७.८२) भन्दा तल  क्लोज भएको छ जसले बजारले लोवर ब्याण्डलाइ टेस्ट गर्न सक्ने देखिन्छ।

 

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

 ­­


 

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडी लाइन सिग्नल लाईन जिरो लाइन माथि रहेको हिस्टोग्राम -११.१२ अकंमा रहेको छ । एमएसिडी लाईन ५७.३२ अंक बाट घटेर (५१.८९) अंकमा आएको छ। सिग्नल लाईन घटेको देखिएको छ । एमएसिडी लाइन सिग्नल लाईन दुवै तल तिर जान खोजेको देखिन्छ जसले बजारले केहि दिन करेक्सन वा साइडव्यज जान सक्ने देखिन्छ ।

 

 ३ .डाइरेक्सनल मुभमेन्ट

 


डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले+१४ डिएमआई लाइन घटेको देखिएको छ भने -१४ डिएमआई लाइन बढेको देखिएको छ र साथसाथै एडिएक्स लाईन सानो अंकले घटेको देखिएको छ। जसले बजारमा केहि दिन करेक्सन आउन सक्ने देखिन्छ।


४. क्यान्डलस्टिक: 

नेप्सेमा आज बियरिस माराबोजु क्याण्डलस्टिक बनाएको छ जसले बियरिसको सङ्केत गर्दछ।


५. क्युमुलेटिभ एडी लाइन: 



क्युमुलेटिभ एडी लाइन हिजो -१७४२ देखि घटेर -१९०४ मा आएको छ। नेप्सेको कुल भोल्युम ९,३९६,१३१ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (१०,९४०,५१६.३३) को ८६ प्रतिशत देखिएको छ।

नेप्से आज मिडल ब्याण्ड भन्दा तल क्लोज भएको छ जसले बजारमा सेलिङ बढेको देखिन्छ। एमएसिडी लाइन जिरो लाइन माथि रहेको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा माथी रहेको छ भने हिस्ट्रोग्राम -१०.८९ मा रहेको छ । एमएसिडी लाइनले सिग्नल लाईन  तलतिर रहेको देख्न सकिन्छ र सेलिङ बढेको देखिन्छ । ‍-१४ डिएमआई लाइन बढेको छ भने +१४ डिएमआई लाईन र एडिएक्स लाइन दुवै घटेको  छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज ५९.०१ बाट घटेर ५४.४२ मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि घटेको जनाउँछ। 

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट लोवर ब्याण्ड २७६० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २९२५ को एरिया र २९७२ (अपर ब्याण्ड) रहेको देखिन्छ । यदि बजार केहि दिन अझै करेक्सन आए लोवर ब्याण्डको एरियामा सपोर्ट लिन सक्ने देखिन्छ।



Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित