धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता हुने समय र स्थान तोकियो



नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता हुने समय र स्थान तोकिएको छ।

अर्थ मन्त्रालयले फागुन १ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षको सचिवाय सिंहदरबारमा बोर्ड अध्यक्ष छनोटका लागि व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता गर्न लागेको हो।

बोर्डको कार्यकारी अध्यक्षका लागि पहिलो चरणमा पाँच जना छनोट भएका छन्। अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा उत्कृष्ट पाँच जना छनोट गरेको हो।

छनोट भएका उत्कृष्ट पाँच जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

छनोट भएका पाँच जनामध्येबाट सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्न व्यावसायिक प्रस्तुतिकरण तथा अन्तर्वार्ता गर्ने मिति तय गरेको हो। ती मध्येबाट सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित