क्रिप्टो बन्द होइन, ट्याक्स लगाऊ सरकार !
क्रिप्टोकरेन्सी बन्द गर्ने होइन नियमन गर अनि भारतले जस्तै ३०% ट्याक्स लगाएर नेपालीलाई नेपालमा बस्ने व्यवस्था गर सरकार ! नत्र अब नेपाली खाडी, भारत र अन्य मुलुकमा गएर त्यो देशलाई ट्याक्स तिर्नेछन। अब देशको मुहार फेर्नेहो भने क्रिप्टो अनि ब्लकचेन प्रणाली लागु गर। ज्ञान छैन भने विशेषज्ञहरु लाई हाएर गरी कसरी रेगुलेट गर्ने भनेर टोली खडा गर। बिचरा जसले प्रविधिलाई प्रयोग गरी आफ्नो गुजरा गरेको छ त्यसलाई कार्बाही गर्ने टोली बनाएर देशको ढुकुटी किन खर्च गर्छौ सरकार ?
कागजी मुद्रादेखि क्रिप्टोकरेन्सीसम्म संसार कसरी आईपुग्यो? यो बुझ्नको लागि हामीले इतिहासका पाना पल्टाउन पर्ने हुन्छ । वस्तुको साटासाट गर्ने प्रणाली (Barter System) लाई प्रतिस्थापन गरी मानव जीवनलाई सहजीकरण गर्नको निम्ती मुद्राको आविष्कार भएको पाईन्छ । मुद्राको सुरुवाती अवस्थामा सिक्का तथा बहुमूल्य धाातुको प्रयोग हुने गर्दथ्यो । सिक्काको प्रचलन पनि ओसारपसार अव्यवहारिक भएपछि कागजी नोटको प्रचलन भएको पाईन्छ ।
मुद्राको विभिन्न रुपहरुमध्ये सिक्का, कागजी नोट र डेबिट/क्रेडिट कार्ड हुन् जसलाई प्लास्टिक करेन्सी पनि भनिन्छ । हाल प्लास्टिक करेन्सीलाई पनि प्रतिस्थापन गर्न डिजिटल करेन्सीको उपयोग, महत्व र चासो निकै बढीरहेको देखिन्छ ।
त्यसकारण मुद्राको इतिहासलाई फर्केर हेरौँ । कागजी मुद्राको इतिहास हेर्दा १३औँ शताब्दीतिर चीनमा कुब्लाई खाँले कागजी नोटको सुरुवात गरेको पाईन्छ । जसलाई Legal Tender को रुपमा राज्यको जमानतको रुपमा लिइन्थ्याे। प्लास्टिक मुद्राको इतिहास हेर्दा सन् १९६६ तिर Visa तथा Master Card ले जब डेबिट/क्रेडिट कार्ड जारी गर्न थालनी गरे तब यसको प्रचलन संसारभरि लोकप्रिय बन्न थालेको हो । कागजी नोटको तुलानामा यसलाई ओसारपसार गर्न सजिलो र सुरक्षित तथा एउटै Card ले विभिन्न मुद्रामा भुत्तानी सकिने र PIN मार्फत कारोबार सुरक्षित हुने हुँदा यसको प्रयोग विश्वरभर फैलियो।
डिजिटल मुद्रा (Digital Currency) लाई भौतिक रुपमा देखिँदैन र अभौतिक रुपमा कागजी नोटको सट्टा Internet बाट उपयोग गरिन्छ । यसलाई Electronic Money(E-Money) भन्न सकिन्छ । यसलाई Central Monetary Authority ले पनि मान्यता दिनुपर्छ । जस्तो चीनमा e-CNY(Electric Chinese Yuan) सन् २०२० मा जारी भएको छ । त्यतै जापानमा पनि E-Money २०२१ मा शुरु भएको हो ।
यसरी मुद्राको विषयबस्तुमा जानुभन्दा पहिले मुद्राको कार्यको बारेका जानकारी लिनु जरुरी छ । मुद्राका कार्य यस प्रकार छन् :
१.Medium of Exchange (विनिमयको माध्यम)
२.Unit of Account to measure Economics Value (अर्थतन्त्रको मापनको एकाई मूल्य)
३.Store of Value (मूल्यको संग्रह)
अत: यसबाट हामि के बुझ्न सक्दछौँ भने जुन स्वरुपको मुद्राले माथि उल्लेखित कार्यहरुलाई सहज र सुलभ रुपमा गर्न सक्दछ, त्यसैको प्रयोगनै लोकप्रिय बन्दै जान्छ । किनकी आजको ग्लोबल भिलेज र ग्लोबल मोबिलिटीको जमानामा मुद्राको नियामक निकायको आवश्यकता भन्दापनि प्रयोगकर्ताको मनोविज्ञानले (People's Psychology) यसको प्रयोगलाई निर्धारण गर्दछ ।
हाम्रो दैनिकिमा मुद्रा प्रयोगशैली कसरी बदलिँदैछ ?
आजकल हामीहरु परिवार आफन्त तथा साथीहरुसँग बजारमा किनमेल तथा रेष्टुरेण्टमा खान बस्यौँ भने त्यस बापतको भुत्तानीको लागी बिल आफ्नो टेवलमा आउँछ । तब हामीले आजभोली आफ्नो पकेटमा भएको पर्समा हात लादैनौँ बरु त्यको सट्टा मोवाइलमा रहेको Apps खौल्छौँ र रेष्टुरेण्टको कर्मचारी भन्छौँ QR Code ल्याउनुहोस् हामी स्कायन गर्दछौँ वा डेबिट/क्रेडिट कार्डबाट POS Machine मा स्वाप तथा Account Transfer गर्न अनुरोध गर्दछौँ । यसबाट हामीले के बुझ्न सक्छौँ भने अब समाज डिजिटलाइजेसन तिर उन्नमुख भएको छ ।
Digital, Crypto / Virtual Currency के हुन ?
Digital Currency- केन्द्रिय बैंक वा Monetary Authority को नियन्त्रण मा रहन्छ । यो एउटा इलेक्ट्रोनिकरुपको मुद्रा मात्र हो । European Central Bank ले हरेक Digital Currency नै Virtual Currency भनेर परिभाषित गरेकोले राज्यबाट मान्यता प्राप्त तथा अवैधबीचको भिन्नता Digital and Crypto Virtual Currency बीचको फरकले थाहा हुन्छ।
Crypto Currency कसको नियन्त्रणमा छ । यसको माइनिङ्ग कसले गर्दछ भन्नै नै थाहा हुँदैन । यो एक किसिमको Digital Currency नै हो । यसलाई बस्तु तथा सेवा खरिद गर्न सुरक्षित राख्न Online Ledger को प्रयोग गरिन्छ । बैँकमा जानुको सट्टा घरमै बसी Distributed Ledger (Block Chain) बाट यसको कारोबार गर्न र यसलाई संग्रह गर्न सकिन्छ । Cryptographic Signature बाट कारोवार Record, Register तथा Block Chain मा Distributor हुनाले Crypto Currency Holder बीचमा एक आपसी लेनदेन खरिद वा बिक्री गर्न पनि सकिन्छ ।
Bitcoin Crypto Currency को एउटा स्वरुप हो तर हाल Bitcoin जस्ता लगानीयोग्य Crypto Currency अन्य पनि छन् । जस्तै Cosmos (ATOM), Dogecoin (DOGE), Ethereum (ETH), Corm pound (COMP)Palk dot(DOT) आदि हुन् । तर यस्ता Currency को कारोबार लाई संसारका अधिंकाश देशहरुले यस्ता कारोबार लाई अवैध मानेका छन्। त्यसमध्येमा नेपाल पनि एक हो ।
CBDC (Center Bank Digital Currency) के हो ?
CBDC लाई Fiat Currency वा Digital Base Currency पनि भनेर चिनिन्छ । राज्य वा राज्य नियन्त्रित केन्द्रीय बैँकबाट यस्तो मुद्रा Digital स्वरुपमा जसरी Block Chain Basis मा Electronic Currency को रुपमा जारी गरिन्छ । Legal Tender यस करेन्सीको मुख्य विशेषता हाे भने यो कुरा क्रिप्टोमा हुँदैन । Bank for International Settlement(BIS)ले पनि संसारमा ८४ प्रतिशत केन्द्रिय बैकले यसबारेमा सोच बनाएर अध्ययन सुरु गरेका छन । जस मध्ये चिनले Digital RMD सन् २०२०मा, नाईजेरियाले सन् २०२१ मा Digital Currency जारी गरेको पाईन्छ ।
CBDC का केही फाईदा तथा बेफाइदाहरु निम्न प्रकार छन्।
फाईदाहरु
प्राविधिक दक्षता
कम जोखिम
कम जटिल
शून्य लेनदेन शुल्क
वित्तीय समावेशीकरण
कर संकलन
वित्तीय सुरक्षा
अपराध विरुद्ध लड्छ
अवैध गतिविधि देखाउँछ
बेफाइदाहरु
बैंकिङ प्रणाली विघटन
केन्द्रीकरण
देशहरुबीचको मुद्रा-विनिमयमा कठिनाई
केन्द्रीय अर्थतन्त्रको मुद्रा आपूर्तिमा कठिनाइ
भनिन्छ प्रविधिलाई कुनैपनि परिधिभित्र नियन्त्रित गर्न सकिँदैन । संसार अब Crypto Culture र Digital Cash मा प्रवेश गरिसकेको अवस्थाले यस वेगलाई रोक्नु भन्दा पनि नियमन र नियन्त्रणमा लिनु राज्य र नियामक निकायको सुरदर्शिता होला जस्तो लाग्छ ।
IMF ,European Central Bank ,Basel समेत Digital Currency को विकल्प नभएको स्विकार गरिसकेको अवस्थमा विश्वको ठुलो अर्थतन्त्र ओगटेका मुलुकहरु चीन तथा जापानले समेत Central Bank Digital currency(CBDC) जारी गरिसकेका छन । हालै छिमेकि मुलुक भारतले आफ्नो देशको केन्द्रीय बजेटमार्फत Central Bank Digital currency (CBDC) आगामी वर्षमा जारी गरिसक्ने घोषण साथै Crypto Currency बाट आर्जित सम्पितिमा ३० प्रतिशत कर लगाउने घोषण गरेसँगै Crypto Currency लाई मौन सहमति दिई CBDC मा उन्मुख राष्ट्रको रुपमा अगाडि बढेको पाइन्छ ।
नेपालमा पनि क्रिप्टो करेन्सी कारोबारहरु दिनप्रतिदिन बढ्दै गरेको विभिन्न अनौपचारीक तथ्यांकले देखाएको छ । सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे ‘ट्रिपल ए’ ले विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूको विषयमा हालै नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनअनुसार नेपालको कूल जनसंख्यामध्ये १.४५ प्रतिशतले क्रिप्टोकरेन्सीमा लगानी गरेका छन् । नेपालमा पनि क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरूको संख्या करिब ४ लाख २४ हजार छ ।यसमा पनि नेपालका ठूला व्यापारीहरु तथा उच्च पदस्थ अधिकारीहरुको समेत लगानी रहेको बताइन्छ । त्यसकारण नेपाल सरकार र नियामन निकायले यसमा चासो र चिन्ता दिनुपर्ने अवस्था आइसकेको छ ।
प्रविधि जहिले पनि दुबै धारे तरवारजस्तो हुन्छ । यसको समयमै सहि सदुपयोग वा नियन्त्रण गर्न सकेमा समाज तथा राज्यले अर्थतन्त्र नियन्त्रणमा राख्न सक्दछ । त्यसकारण प्रविधिमैत्री वातावरण नबनाउँदा विश्व-अर्थतन्त्रमा हिस्सा बन्न नसकिने पो हो कि ? छिमेकी मुलुकमा भएको परिर्वतनलाई पछ्याउन हाम्रो बाध्यता र यर्थाथ पनि हो । किनभने खुल्ला सिमाना हुनाले र भारत तथा नेपालको अन्तरदेशिय व्यापारमा भुक्तानी सन्तुलन मिलाउने कार्यको लागि Central Bank Digital currency (CBDC) अपरीहार्य देखिन्छ ।
Comments
Post a Comment