आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्न आज अन्तिम दिन



आइएमई जनरल इन्स्योरेन्सले लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज (बिहीबार) रहेको छ । कम्पनीले हकप्रद प्रयोजनका लागि फागुन १ गते बुकक्लोज गर्दैछ । आज माघ २७ गते सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद शेयर भर्न सक्नेछन् ।

कम्पनीले १:०.४० अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ ।

उक्त हकप्रदको बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित