जिवन विकास लघुवित्तको जगेडा कोषसहित नाफामा वृद्धि
जिवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्म आइपुग्दा संस्थाको नाफा ९.१० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा संस्थाले ४० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ३६ करोड ८१ लाख खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ८० करोड ३० लाख रूपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ६० करोड ५३ लाख रूपैयाँ रहेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी ६० करोड ८४ लाख रहेको छ । जगेडा कोषमा १ अर्ब ७२ करोड रहेको छ गत आर्थिक वर्ष संस्था सँग ९८ करोड ७४ लाख रुपैयाँ रहेको थियो । संस्थाको प्रतिशेयर आम्दानी १३२.०४ रहेको छ भने प्रतिशेयर नेटवर्थ ३८३.०७ रहेको छ ।

Comments
Post a Comment