आरएमडिसी लघुवित्तको खुद ब्याज आम्दानीसहित नाफा पनि वृद्धि



आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्म आइपुग्दा संस्थाको नाफा ४६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा संस्थाले १६ करोड ८५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ११ करोड ४७ लाख ४७ हजार खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी २७ करोड ७४ लाख २२ हजार रूपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी २० करोड १२ लाख ४ हजार रूपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ९८ करोड ९२ लाख रहेको छ गत आर्थिक वर्ष संस्था सँग १ अर्ब १२ करोड ५७ लाख रुपैयाँ रहेको थियो । संस्थाको प्रतिशेयर आम्दानी २७.१५ रहेको छ भने प्रतिशेयर नेटवर्थ २५३.१६ रहेको छ ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित