धितोपत्र बोर्ड अध्यक्षका लागि पहिलो चरणमा पाँच जनाकाे नाम छनोट



नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा उत्कृष्ट पाँच जना छनोट गरेको छ। सोमबार बसेको सिफारिस समितिको बैठकले १५ जनाको आवेदन परेकोमा पाँच जनाको छनोट गरेको हो।

छनोट भएका पाँच जनाबाट सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। ती मध्येबाट एक जनालाई सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ।

उत्कृष्ट पाँच जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल छनोट भएका छन् ।

उनीहरूसहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अम्गाईं, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्यालले आवेदन दिएका थिए ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित