नेपाल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको २०७८ माघ २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
Comments
Post a Comment