बैंकहरुको निक्षेप पुनः फर्कियो, कर्जामा सामान्य वृद्धि



माघ महिनाको तेस्रो हप्तामा आएर वाणिज्य बैंकहरुको निक्षेप पुनः फर्किएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको रिपोर्ट अनुसार अघिल्लो हप्ता अर्थात् माघ ७ गतेदेखि १४ गतेसम्म वाणिज्य बैंकहरुले तीन अर्बले निक्षेप गुमाउँदै कुल ४३ खर्ब ८ अर्ब निक्षेप संकलन गर्न सकेकोमा तेस्रो हप्तामा आएर अर्थात् माघ १४ गतेदेखि २१ गतेसम्म पुनः ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका हुन् ।

रिपोर्ट अनुसार वाणिज्य बैंकहरुले यो महिनाको पहिलो हप्ता ४३ खर्ब ११ अर्ब निक्षेप संकलन गरेकामा दोस्रो हप्ता ४३ खर्ब ८ अर्ब र तेस्रो हप्ता पुनः ४३ खर्ब ११ संकलन गर्न सकेका छन् । तर, यता सोही अवधिमा कर्जा लगानी तर्फ भने बजारमा तरलता अभावको दबाब परेसँगै बैंकहरुले कडाइ गर्दा केही कमी आएको देखिन्छ ।

बैंकर्स संघका अनुसार अघिल्लो हप्ता अर्थात् माघ ७ गतेदेखि १४ गतेसम्म ४ अर्बले कर्जा लगानी बढाउँदै कुल ४१ खर्ब ४८ अर्ब लगानी गरेका बैंकहरुले पछिल्लो हप्ता एक अर्बले मात्र वृद्धि गर्दै ४१ खर्ब ४९ अर्ब लगानी गरेका छन् । माघ महिनाको पहिलो हप्ता अर्थात् पुस ३० गतेदेखि माघ ७ गतेसम्म बैंकहरुले यस्तो कर्जा लगानी एक अर्बले बढाउँदै ४१ खर्ब ४४ अर्ब गरेका थिए ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित