बैंकहरुको सापटी दायित्व एक खर्ब २८ अर्ब



बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकसँग ४० अर्ब २६ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) उठाएका छन् । २२ वटा बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत ब्याज दरमा सात दिनका लागि आइतबार एसएफएफ उठाएका हुन् । चालु आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाहरुले कुल ३५ खर्ब ४७ अर्ब ८४ करोड ८८ लाख रुपैयाँ एसएलएफ उठाइसकेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले आइतबार ६९ करोड रुपैयाँ ओभरनाइट रिपोसमेत लिएका छन् । साढे ३ प्रतिशत ब्याजको ओभरनाइट रिपो २ वटा संस्थाले लिएका हुन् । चालु बर्य कुल ९८ अर्ब ३५ करोड रुपैयाँ लिएका छन् । आइतबारसम्म बैंकहरुको राष्ट्र बैंकसँग सापटी दायित्व एक खर्ब २८ अर्ब एक करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित