डि जी एम मनोज ज्ञवाली राष्ट्र बैंकको अर्धवार्षिक समिक्षाबारे के भन्छन् ?
आर्थिक वर्ष २०७८-७९ को पहिलो ६ महिनाको आर्थिक सूचकांकहरु नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको छ। नबिल बैंकका डि जी एम ज्ञवालीकाअनुसार केहि सकारात्मक र चिन्ता गर्नुपर्ने बुँदाहरु निम्नानुसार छन्।
सकारात्मक:
१.निर्यात ९५.५ % ले बढेको छ।
२.वैदेशीक रोजगार मा जानेको संख्या १६३५१७ जनाले बृद्दि भएको छ। यसले रेमिट्यान्स बढाउन र बेरोजगारीबाट हुने समस्या हल गर्न सहयोग गर्नेछ।
३.सरकारले बजेटमा अनुमान गरे अनुरूप कर, राजश्व र आय संकलन गरेको छ। ६ महिनामा कुल रु.५४२ अरब संकलन भैसकेको छ।
४. मर्जर तथा एक्वीजीसन ले बैक तथा बित्तीय संस्थाहरुको संख्या घट्दै १२९ पुगेको छ भने शाखा संजाल बढेर ११२१५ पुगेको छ। ७५३ स्थानीय निकायहरू मध्य ७५० वटा स्थानीय निकायमा बैंक हरुकै शाखाहरू पुगीसकेका छन।
५.कुल ग्राहस्थ उत्पादन (GDP) गत बर्ष २.१% ऋणात्मक रहेको मा यस बर्ष ४% सकारात्मक वृद्धि छ।
६.सरकारी आयको बृद्दिदर गत बर्ष 0.२% रहेकोमा यस बर्ष १६.३% पुगेको छ।
चिन्ता गर्नुपर्ने:
१.विदेशी विनिमय सञ्चिति बढ्दै २०७७ सालमा लगभग अमेरिकी डलर १४ अरब पुगीसकेको थियो र हाल घट्दै जम्मा ९.८९ अरब अमेरिकी डलर बराबर पुगेको छ। यो रकम ६.६ महिनाको बस्तु तथा सेवा आयात को पर्याप्त हुन्छ।
२. शोधनान्तर स्थिती रु.२४१.२३ अरब ले घाटामा छ।
३. कर्जा १२% ले बढ्दा निक्षेप रकम जम्मा ३.८% ले मात्र बढेको छ।
४. नेपाल राष्ट्र बैंक को बिभिन्न बस्तुहरु आयातमा कडाईका बाबजुद आयात ५१.१% ले बढेको छ ।
५. तरलता अभाव र घट्दो बैदेशीक विनिमय सञ्चितिका बाबजुद भ्रमण व्यय मै लगभग शत प्रतिशत वृद्धि भई रु २९.७२ अरब पुगेको छ।
६. गत बर्ष ११.१% ले बढेको रेमिटेन्स बैदेशीक रोजगारमा जाने नेपाली नागरिकको बढ्दो संख्याका बाबजुद यो बर्ष ५.५% ले घटेर रु ४६८.४५ अरब मात्र पुगेको छ।
७. सरकारले पुजीगत खर्च परिचालन गर्न सकेको छैन। जम्मा रु ५०.८ अरब खर्च भएको छ। १६% बजेट नी खर्च हुन सकेको छैन।
८. लघु, घरेलु तथा साना उधमलाई दिइने पुनरकर्जा रु ३५.३८ अरब बाट घटेर रु.८.१ अरब मात्र रहेको छ। ग्राहक संख्या पनि ३५५५४ बाट घटेर ९४८६ मात्र कायम रहेका छन।
९.बैंक हरुमा तरलताको असहज स्थीती कायमै छ। कर्जा निक्षेप अनुपात ९०% माथी नै रहेको अवस्था छ।
१०.बैकहरुको आधार दर बढेसंगै कर्जाको ब्याजदर बढेको छ। ग्राहकहरुले नयां कर्जा लिंदा वा कर्जा नविकरण गर्दा व्याजदर ११% माथि तिर्नुपर्ने अवस्था छ।
समग्रमा हेर्नुपर्दा अर्थतन्त्र को अवस्था चिन्ताजनक त होइन तर सम्हालिएर अघी बढ्न जनाउ गरेको अवस्था छ।
जय होस, शुभ होस!!
--मनोज ज्ञवालीको फेसबुकवालबाट
Comments
Post a Comment