बिटकोइन पुनः $४०००० माथि

 


शुक्रबार बिटकोइन दुई हप्तामा पहिलो पटक $४०००० एरियामाथि पुग्यो । त्यहि बेला इथरियम पनि $३००० नजिक पुगेको थियो।

बिटकोइन $४०४२६ मा कारोबार भएको थियो । बिटकोइन एक दिनमा लगभग १०% तथा एक हप्तामा ९% माथि पुगेको छ। इथरियम १२% बढ्यो ।इथरियम $ २९५० लाई पार गर्दै $ ३०००को हाराहारीमा कारोबार भइरहेको छ। यो पनि एक हप्तामा २२% बढेको छ।

केहि विश्लेषकहरूले तर्क गर्छन् कि बिटकोइन र इथरियमले बटम लगाएको हुन सक्छ वा चाँडै अर्को बटम लगाउन सक्छ।  

क्वान्टम इकोनोमिक्सका बिटकोइन विश्लेषक जेसन डीनले भने, "बिटकोइनको हालैका चालहरू पछिल्लो अमेरिकी रोजगार रिपोर्टसँग मेल खाएको जस्तो देखिन्छ र यो सम्भव छ कि यसले बजारको समयावधिको चालको लागि उत्प्रेरकको रूपमा काम गरेको हुन सक्छ।"

उत्तरी अमेरिकाको बिटकोइन माइनिङ कम्पनी म्याराथन डिजिटल होल्डिङ्सले क्रिप्टोकरेन्सीको आफ्नो होल्डिङ लगभग ८,५९५ बिटकोइन ($३३८ मिलियन)मा बढाएको शुक्रबार बताएपछि बजारले बुलिसको गति लिएको अनुमान छ।

बिटकोइन तत्काल $४१५०० को हाराहारीमा कारोबार भइरहेको छ।



Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित