महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि


  

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा इन्स्योरेन्सले ५ करोड ३० लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको तुलनामा खुद नाफा २ प्रतिशत बढेको हो। गत आर्थिक वर्षको सोही अवधीमा ५ करोड १९ लाख ६१ हजार रुपैयाँ कमाएको थियो ।

यस अवधिमा कम्पनीले ६७ करोड ९१ लाख खुद वीमाशुल्क संकलन गरेको छ। गत आर्थिक बर्षको सोही अवधिमा ४७ करोड २८ लाख खुद बीमाशुल्क संकलन गरेको थियो।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ भने जगेडा कोषमा २० करोड २८ लाख रहेको छ । 

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित