निर्जीवन बीमा कम्पनीहरुद्वारा १९ अर्ब बढी बीमाशुल्क आर्जन


निर्जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा १९ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार वित्तीय विवरणको आधारमा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९ करोडरुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा समितिले प्रकाशन गरेको निर्जिवन बीमा कम्पनीहरुको वित्तीय विवरणको आधारमा शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थनमा रहेको छ । कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा २ अर्ब ४३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा रहेको छ । कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा १ अर्ब ७२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । नेको इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा रहन सफल भएको छ । कम्पनीले यस त्रैमासससम्ममा १ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

बीमा समितिले प्रकाशन गरेको तथ्यांक अनुसार सिद्धार्थ इन्स्योरेन्सले यस त्रैमाससम्ममा १ अर्ब ३२ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब २० करोड,प्रिमियर इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ, यूनाइटेड इन्स्योरेन्सले ८८ करोड २१ लाख रुपैयाँ, हिमालयन जनरलले ८४ करोड ६७ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ८२ करोड ४७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ८२ करोड ५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७९ करोड ७९ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सले ७९ करोड २१ लाख रुपैयाँ,र लुम्बिनी जनरलले ७७ करोड ७२ लाख रुपैयाँ, बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, ओरिएण्टल इन्स्योरेन्सले ६९ करोड १२ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ६७ करोड ९ लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ६१ करोड ६५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५९ करोड १५ लाख, नेशनल इन्स्योरेन्सले ४७ करोड ७८ लाख रुपैयाँ, जनरल इन्स्योरेन्सले ४६ करोड ५५ लाख रुपैयाँ र सानिमा जनरलले ४६ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित