चुनावी घोषणाले पनि बजारमा लगानीकर्ताको निराशा कायमै
मंगलबार १६.३० अंकले घटेर नेप्से ०.५७% गिरावटको साथ २८३५.५८ पुगेको छ। कारोबार भएका २३० कम्पनीमध्ये ४० कम्पनी उकालो लागेका छ्न्, १४० कम्पनी ओरालो लागेका छन् र ११ कम्पनी स्थिर रहेका छन्।
प्राविधिक विश्लेषण सुचक
१. बोलिन्जर ब्याण्ड
बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाँउछ (आज को फरकः २०३.५९) जसले बजारमा भोलाटाइलिटी आज घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२८६४.८०) भन्दा तल क्लोज भएको छ जसले बजारले लोवर ब्याण्डलाइ टेस्ट गर्न सक्ने देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडी लाइन र सिग्नल लाईन जिरो लाइन माथि रहेको छ । हिस्टोग्राम -१३.०६ अकंमा रहेको छ । एमएसिडी लाईन ४८.५७ अंक बाट घटेर ४३.५७ अंकमा आएको छ। सिग्नल लाईन घटेको देखिएको छ । एमएसिडी लाइन र सिग्नल लाईन दुवै तल तिर जान खोजेको देखिन्छ जसले बजारले केहि दिन करेक्सन वा साइडव्यज जान सक्ने देखिन्छ ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले+१४ डिएमआई लाइन बढेको देखिएको छ भने -१४ डिएमआई लाइन घटेको देखिएको छ र साथसाथै एडिएक्स लाईन सानो अंकले बढेको देखिएको छ। यदि +१४ डिएमआई लाइन र एडिएक्स लाईन दुवै माथि तिर जान्छ भने बजारम पोजटिभ रहेको बुझिन्छ ।
४. क्यान्डलस्टिक: नेप्सेले आज रेड बडी क्याण्डलस्टिक बनाएको छ जसले बिक्रेता हावि भएको जनाउँछ।
५. क्युमुलेटिभ एडी लाइन:
क्युमुलेटिभ एडी लाइन हिजो -१८६९ देखि घटेर -१९६९ मा आएको छ। नेप्सेको कुल भोल्युम १०,६४९,७१० रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (१०,९२८,४१६.६२) को ९७ प्रतिशत देखिएको छ।
नेप्से आज मिडल ब्याण्ड भन्दा तल क्लोज भएको छ । जसले बजारमा सेलिङ प्रेसर बढेको देखिन्छ । एमएसिडी लाइन जिरो लाइन माथि रहेको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा माथी रहेको छ भने हिस्ट्रोग्राम -१३.०० अंकमा रहेको छ । एमएसिडीको अनुसार बजारमा सेलिङ मोमेन्टम रहेको देखिन्छ।
+१४ डिएमआई लाईन बढेको छ एडिएक्स लाइन केही अंकले बढेको देखिन्छ भने -१४ डिएमआई लाइन घटेको छ।+१४ डिएमआई लाईन र एडिएक्स लाइन बढेर माथी तिर गएको छ जसले बजारमा बाइङ मोमेन्टमा सामान्य रुपमा बढेको देखिन्छ । आरएसआइ आज ५५.८७ बाट घटेर ५३.९७ मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि घटेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २८२० को एरिया रहेको देखिन्छ र अर्को सपोर्ट लोवर ब्याण्ड २७६३ रहेको देखिन्छ। नेप्सेको नजिकको अवरोध २९२० को एरिया रहेको देखिन्छ।

.png)
.png)
.png)
.png)
Comments
Post a Comment