गणपति लघुवित्तको नाफामा गिरावट
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्म आइपुग्दा संस्थाको नाफा ६७ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा संस्थाले ९६ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले २ करोड ९५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ६ करोड ३१ लाख ४७ हजार रूपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ६ करोड ३६ लाख ४५ हजार रूपैयाँ रहेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी १२ करोड ७३ लाख ५६ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ६ करोड ३१ लाख रहेको छ गत आर्थिक वर्ष संस्था सँग ४ करोड ४१ लाख ४२ हजार रुपैयाँ रहेको थियो । संस्थाको प्रतिशेयर आम्दानी १५.१४ रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९.६० रहेको छ ।
Comments
Post a Comment