मेगा क्यापिटलद्वारा प्रमोटर सेयर खरिदबिक्री सहजीकरण सेवा शुरुवात

मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघुवित्त, जलविदुत तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयर (प्रमोटर सेयर) खरिद-विक्रीका लागि सहजीकरण सेवा सुरु गरेको छ।  यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी  मेगा क्यापिटलमा फोन नम्वर ९८५१०६७५७८ वा ई–मेल info@megacapitalmarkets.com वा मेगा क्यापिटलको  फेसबुकमा म्यासेन्जरमार्फत म्यासेज पठाउन सक्नेछन्।

धेरै लगानीकर्ताले प्रमोटर सेयर साधारण सेयरजस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले सेयर सम्पत्ति बन्धक भएका र आवश्यकताअनुसार बिक्री गरेर आर्थिक आवश्यकता पूरा गर्न नसकेका बिक्रेता र लगानीका अवसर खोजिरहेका अन्य लगानीकर्ताबीच किनबेच र सेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन् गर्दै मेगा क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुआत गरेको छ। 

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित