खेत मासेर रिसोर्ट !


खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी बकबहादुर गुरुङले म्याग्दे गाउँपालिका–६ स्थित भुलभुलेमा ठूलो रकम खर्चेर रिसोर्ट निर्माण गरेका हुन् ।

सिङ्गापुरे सिपाहीबाट अवकाश लिएका गुरुङले करिब रु साढे चार करोड खर्च गरी सिंह भिलेज रिसोर्ट प्रालि निर्माण गर्न लाग्नुभएको हो । पृथ्वीराजमार्गसँगै जोडिएको खेत देख्दा रहर लागेर किनेँ तर खेत रोप्न पानीको सुविधा नभएपछि विकल्पका रूपमा रिसोर्ट बनाउन लागिएको गुरुङले बताए ।

उनले भने, “राजमार्गसँगै जोडिएको जग्गा भएकाले केही गरौँ भनेर रिसोर्ट निर्माण गरेको हुँ ।” रिसोर्टसम्बन्धी आफूलाई कुनै पनि जानकारी नभए पनि काम गर्न सक्छु भनेर करिब नौ रोपनी क्षेत्रफलमा स्वीमिङ पुल, कटेजलगायतका भौतिक संरचना निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए ।

स्वदेशमा रहेर केही गरौँ र केही व्यक्तिलाई रोजगारी दिऔँ भन्ने भावना पलाएपछि आफू यसतर्फ अग्रसर भएको गुरुङ बताउँछन् । उक्त रिसोर्ट निर्माण गर्न थालेको दुई वर्ष बितिसक्यो अझै सम्पन्न गर्न सकिएको छैन । उनले भने, “अघिल्लो वर्षको कोरोनाले पनि काम गर्न सकिएन, अहिले पनि उही चाल होलाजस्तो देखिएको छ ।”

पटक–पटकको कोरोनाका कारण निरन्तर निर्माणकार्य गर्न नसक्दा निर्माण प्रभावित भई आर्थिक भार वृद्वि हुँदा कठिनाइ भोग्नुपरेको उनले दुःखेसो पोखे ।


Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित