सबैको लघुवित्तको नाफा वृद्धि
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्म आइपुग्दा संस्थाको नाफा ८७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा संस्थाले ५ करोड ७१ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ३ करोड ४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी १३ करोड ३१ लाख ७४ हजार रूपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७ करोड ८८ लाख १२ हजार रूपैयाँ रहेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी २७ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ११ करोड ८० लाख रहेको छ गत आर्थिक वर्ष संस्था सँग ६ करोड ६३ लाख ९ हजार रुपैयाँ रहेको थियो । संस्थाको प्रतिशेयर आम्दानी ४२.३६ रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३.७४ रहेको छ ।
Comments
Post a Comment