लक्ष्मी लघुवित्तको नाफामा सामान्य वृद्धि


लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्म आइपुग्दा संस्थाको नाफा २ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा संस्थाले ९ करोड २४ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ९ करोड ४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।


संस्थाको खुद ब्याज आम्दानी २७ करोड १७ लाख २१ हजार रूपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी २२ करोड ३९ लाख ३६ हजार रूपैयाँ रहेको थियो ।


हाल कम्पनीको चुक्तापूँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ३६ करोड ७० लाख रहेको छ गत आर्थिक वर्ष संस्था सँग २६ करोड ३३ लाख ४२ हजार रुपैयाँ रहेको थियो । संस्थाको प्रतिशेयर आम्दानी ४८.१४ रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५.५६ रहेको छ ।




Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित