नेप्सेमा गिरावट कायमै , दोहोरो अंकले घट्यो बजार


बुधबार ३८.४२  अंकले घटी नेप्से १.३६ % गिरावटका साथ  २७७६.६५ पुगेको छ। कारोबार भएका २३३  कम्पनी मध्ये १५ कम्पनी उकालो लागेका छ्न्‌, १७०  कम्पनी ओरालो लागेका छ्न्‌ र ५ कम्पनी स्थिर रहेका छन् ।

 


कारोबार भएका तेह्र उप-समुहमध्ये सबै १३ उप-समुहको सेयर मुल्य ओरालो लागेका छ्न्‌ ।


बजार पूँजीकरण रु ३९ खर्ब २३ अर्ब बराबर पुगेको छ।


प्रमुख कारोबार

 


   



  

  

प्राविधिक विश्लेषण

https://www.tradingview.com/x/TVxwiHPh

                                         Daily Nepse Update January 26 2022

प्राविधिक विश्लेषण सुचक 

१. बोलिन्जर ब्याण्ड

बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाँउछ (आज को फरकः ४९५.३१) जसले बजारमा भोलाटाइलिटी आज पनि घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२७८८.३६) भन्दा तल क्लोज भएको छ जसले बजारले मिडल ब्याण्डको सपोर्ट एरिया लाइ ब्रेक गरेको देख्न सकिन्छ । यदि आगामी दिनको मिडल ब्याण्ड भन्दा माथि क्लोज हुन्छ भने अपर ब्याण्डलाई टेस्ट गर्ने देखिन्छ ।




२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडी लाइन र सिग्नल लाईन जिरो लाइन माथि रहेको छ । हिस्टोग्राम -९.३८ अकंमा रहेको छ । एमएसिडी लाईन (८०.३०) अंक बाट घटेर (६९.३५) अंकमा आएको छ । सिग्नल लाईन पनि सानो अंक घटेको देखिएको छ ।  एमएसिडी लाईनले सिग्नल लाईनलाई तल तिर क्रश गरेको छ जसले बजारमा केहि दिन करेक्सन आउन सक्ने संम्भाबना देखिन्छ । 



३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले एडिएक्स लाईनको बिश्लेषण गर्दा ‍+१४ डिएमआई लाइन घटेको देखिएको छ भने ‍-१४ डिएमआई लाइन बढेको देखिएको छ र एडिएक्स लाईन घटेको देखिएको छ जसले बजारमा केहि दिन करेक्सन आउन सक्ने संकेत गर्दछ । यदि आगामी दिन +१४ र ‍-१४ डिएमआई लाइनले एक अर्कालाइ क्रश गर्छ भने बजारले नेगेटिभ संकेत गर्दछ ।




                                     Daily Nepse Update January 26 2022

क्युमुलेटिभ एडी लाइन हिजो -१६७६ देखि घटेर -१८३१ मा आएको छ। नेप्सेको कुल भोल्युम ७,३९०,३७३ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (१०,०४४,०५३.६७) को ७४ प्रतिशत देखिएको छ।

नेप्से आज मिडल ब्याण्ड भन्दा तल क्लोज भएको छ । जसले बजारले मिडल ब्याण्डको सपोर्ट एरियालाइ ब्रेक गरेको देखिन्छ । यदि भोली नेप्सेले मिडल ब्याण्ड भन्दा माथी क्लोज गर्छ भने अपर ब्याण्ड(३०३६.०३) सम्म पुग्न सक्ने देखिन्छ । एमएसिडी लाइन जिरो लाइन माथि रहेको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा माथी रहेको छ भने हिस्ट्रोग्राम -९.३८ मा रहेको छ । एमएसिडी लाइनले सिग्नल लाईनलाइ क्रश गरेर तलतिर गएको देख्न सकिन्छ जसले बजारमा केहि दिन करेक्सन आउन सक्ने अनुमान लगाउन सकिन्छ । 

+१४ डिएमआई लाईन घटेको छ साथसाथै एडिएक्स लाइन पनी घटेको देखिन्छ जसले बजार केहि दिन करेक्सन वा साइडव्यज जान सक्ने देखिन्छ यदि आगामी दिन +१४ र ‍-१४ डिएमआई लाइनले एक अर्कालाइ क्रश गर्छ भने बजारले नेगेटिभ संकेत गर्दछ ।

आरएसआइ आज ५५.७४ बाट घटेर ५१.९० मा आएको छ जसले आरएसआइको मोमेन्टम घटेको जनाउँछ। नेप्सेको आगामी दिनको सपोर्ट २७३० (०.५०) फिबोनाची लेवल रहेको देखिन्छ  भने अवरोध २८६० को एरिया रहेको देखिन्छ । 































Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित