लगानीकर्ता पर्ख र हेरको नीतिमा, कारोबार रकममा पनि गिरावट
बिहिबार ३.३३ अंकले बढेर नेप्से ०.१२ % को वृद्धिको साथ २७७९. ९८ पुगेको छ। कारोबार भएका २२४ कम्पनी मध्ये ९० कम्पनी उकालो लागेका छ्न्, ८६ कम्पनी ओरालो लागेका छ्न् र १५ कम्पनी स्थिर रहेका छन् ।
बजार पूँजीकरण रु ३९ खर्ब २८ अर्ब बराबर पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण सुचक
१. बोलिन्जर ब्याण्ड
बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाँउछ (आज को फरकः ४३२.५८) जसले बजारमा भोलाटाइलिटी आज घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२८०१.१४) नजिक क्लोज भएको छ र बजार मिडल ब्याण्ड नजिक होल्ड भएको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडी लाइन र सिग्नल लाईन जिरो लाइन माथि रहेको छ । हिस्टोग्राम -१४.८० अकंमा रहेको छ । एमएसिडी लाईन (६९.३५) अंक बाट घटेर (६०.२२) अंकमा आएको छ। सिग्नल लाईन घटेको देखिएको छ । एमएसिडी लाइन घटेको छ जसले बजारमा करेक्सनको सङ्केत गर्दछ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले -१४ डिएमआई लाइन र +१४ डिएमआई लाइन साथसाथै एडिएक्स लाईन घटेको देखिएको छ। जसले बजारमा बाईङ् मोमेन्टम कमजोर भएको जनाउँछ।
क्युमुलेटिभ एडी लाइन हिजो -१८३१ देखि बढेर -१८२७ मा आएको छ। नेप्सेको कुल भोल्युम ५,३१०,५४७ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (१०,०५६,५९७.०५) को ५३ प्रतिशत देखिएको छ।
नेप्से आज मिडल ब्याण्ड भन्दा तल क्लोज भएको छ । जसले बजारले मिडल ब्याण्डको सपोर्ट एरियालाइ ब्रेक गरेको देखिन्छ । यदि भोली नेप्सेले मिडल ब्याण्ड भन्दा माथी क्लोज गर्छ भने अपर ब्याण्ड(३०१७.४१) सम्म पुग्न सक्ने देखिन्छ । एमएसिडी लाइन जिरो लाइन माथि रहेको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा माथी रहेको छ भने हिस्ट्रोग्राम -१४.८० मा रहेको छ । एमएसिडी लाइनले सिग्नल लाईनलाइ क्रश गरेर तलतिर गएको देख्न सकिन्छ जसले बजारमा केहि दिन करेक्सन आउन सक्ने अनुमान लगाउन सकिन्छ ।
+१४ डिएमआई लाईन घटेको छ साथसाथै एडिएक्स लाइन पनी घटेको देखिन्छ । +१४ र -१४ डिएमआई लाइन एकै दिशामा जान खोजेको देखिन्छ जसले बजारले कुनै निश्चिल दिशा निर्धारण गर्न नसकेको देखिन्छ ।
आरएसआइ आज ५१.९० बाट बढेर ५२.२१ मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि बढेको जनाउँछ। नेप्सेको आगामी दिनको सपोर्ट २७५० को एरिया रहेको देखिन्छ भने अवरोध २८०० मिडल ब्याण्ड को एरिया रहेको देखिन्छ ।
Comments
Post a Comment