जानकी फाइनान्सको नाफा वृद्धि
जानकी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास विवरण सार्वजनिक गरेको छ । फाइनान्सले ३ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्स ३ करोड ३० लाख रुपैयाँ घाटामा थियो । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ९ करोड ५१ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको ब्याज आम्दानी ५ करोड ७५ लाख रुपैयाँ रहेको थियो। ।
हाल ६० करोड ४ लाख चुक्तापुँजी रहेको यस फाइनान्सको प्रतिशेयर आम्दानी ११.८५ रहेको छ । नेटवर्थ रु १५६.७१ रुपैयाँ रहेको छ भने फाइनान्सको जगेडा कोषमा २० करोड ५४ लाख रहेको छ । फाइनान्सलको खराब कर्जा घटेर ५.३१ भएको छ गत आर्थिक वर्ष खराब कर्जा ७.९३ रहेको थियो ।
Comments
Post a Comment