डिप्रोक्स लघुवित्तको नाफामा समान्य वृद्धि



डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्म आइपुग्दा संस्थाको नाफा ३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा संस्थाले ३३ करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ३२ करोड ४० लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी ७१ करोड ३० लाख १८ हजार रूपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ६६ करोड १४ लाख ९१ हजार रूपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १ अर्ब ३६ करोड २४ लाख रहेको छ गत आर्थिक वर्ष संस्था सँग १ अर्ब २० करोड ३० लाख ५३ हजार रुपैयाँ रहेको थियो । संस्थाको प्रतिशेयर आम्दानी ४८.२१ रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८.२० रहेको छ ।

Comments

Popular posts from this blog

उत्तर कोरियाको मिसाइल प्रोग्राम चोरी क्रिप्टोमार्फत संचालित